तस्बिरहरू: रंगशालाको ऐतिहासिक स्वीमिङ पुल, जहाँ पानी हैन कबाडी थुप्रिएको छ

गर्मीयाममा स्वीमिङ पुल भन्नेबित्तिकै धेरैलाई नुहाउन पसिहालौं जस्तो होला । त्यसैमाथि दिनभर खेलेर थाकेका खेलाडीहरूलाई त स्वीमिङ पुल आराम गर्ने उपाय पनि हुनसक्छ । तर, देशकै ठूलो दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् भवनको पछाडि रहेको स्वीमिङ पुलको अवस्था भने अस्तव्यस्त छ ।उखर्माउलो गर्मीमा स्वीमिङ खेल्न जानेहरूले स्वीमिङ पुलमा नीलो पानीको सट्टा थोत्रा गाडी, कुर्सीहरू, ट्यांकी, जस्तापातालगायत फलामले भरिएको थुप्रो देख्छन् ।२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको यो स्वीमिङ पुलको अवस्था अहिले कबाडीखानामा रुपान्तरण भए जस्तै देखिएको छ । यो स्वीमिङ पुल त्यही हो, जहाँ सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुदको पौडी प्रतियोगिता आयोजना गरिएको थियो । १२ फिट गहिराइको स्वीमिङ पुल व्यावसायिक प्रायोजनमा सञ्चालन गर्न खेलकुद परिषद्‌ले ध्यान दिनुपर्ने सरोकारवाला बताउँछन् ।

सम्बन्धित सामग्री

रंगशालाको ऐतिहासिक स्वीमिङ पुल, जहाँ पानी हैन कबाडी थुप्रिएको छ

गर्मीयाममा स्वीमिङ पुल भन्नेबित्तिकै धेरैलाई नुहाउन पसिहालौं जस्तो होला । त्यसैमाथि दिनभर खेलेर थाकेका खेलाडीहरूलाई त स्वीमिङ पुल आराम गर्ने उपाय पनि हुनसक्छ । तर, देशकै ठूलो दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् भवनको पछाडि रहेको स्वीमिङ पुलको अवस्था भने अस्तव्यस्त छ ।उखर्माउलो गर्मीमा स्वीमिङ खेल्न जानेहरूले स्वीमिङ पुलमा नीलो पानीको सट्टा थोत्रा गाडी, कुर्सीहरू, ट्यांकी, जस्तापातालगायत फलामले भरिएको थुप्रो देख्छन् ।

रत्ननगरमा ३० करोड लगानीको वाटर किङडम शिलान्यास

चितवन (अस) । चितवनको रत्ननगर नगरपालिका–५ झुवानीमा ३० करोड रुपैयाँ लगानीमा वाटर किङडम निर्माण हुने भएको छ । नगरपालिकाका मेयर नारायण वनले वाटर किङडमको शिलान्यास गरे । झुवानी माविले संरक्षण गर्दै आएको तीन बिघा क्षेत्रफलमा सार्वजनिक/निजी साझेदारीमा वाटर किङडम निर्माण सुरु गरिएको मेयर वनले जानकारी दिए  । पहिलो चरणमा ९ करोड ७९ लाखमा ठेक्का सम्झौता भई काम सुरु भएको उनले बताए । पार्कमा सरकारको ४ करोड  ५५ लाख र नगरपालिकाको ५ करोड २४ लाखको लगानी रहेको छ । सरकारी लगानीबाहेक वाटर किङडम निर्माण, सञ्चालन र व्यवस्थापन गर्ने गरी शेयर लगानी खुला गरिएको मेयर वनले बताए । वाटर किङडमप्रति स्थानीयको अपनत्व बढाउन एक घर एक शेयरको अवधारणा ल्याइएको छ । पहिलो वडाबासी, दोस्रो नगरबासी र त्यसपछि मात्र बाहिरी व्यक्तिका लागि प्राथमिकताका आधारमा शेयर खुल्ला गरिनेछ । वाटर किङडम निर्माणका लागि झुवानी माविसँग २५ वर्षसम्म जग्गा भाडामा लिइएको छ । प्रतिकठ्ठा प्रतिवर्ष ६ हजार भाडा निर्धारण गरी नगरपालिका र विद्यालयबीच सम्झौता गरिएको उनले बताए । यो चितवनमै अत्यधुनिक र सुविधासम्पन्न वाटर किङडम हुने नगरपालिकाको दाबी छ । वाटर किङडममा तीन वटा कृत्रिम पोखरी, स्वीमिङ पुल, ६० देखि ६५ मिटरको ६ वटा चिप्लेटी, पानी डान्स (हलभित्र कृत्रिम हिउँ पार्ने), गर्मी छल्न हलभित्र कृत्रिम हिउँ, रोटे पिङलगायत पूर्वाधार निर्माण हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । वाटर किङडमलाई सौराहाको प्याकेज कार्यक्रममा समावेश गरी यहाँ आउने अधिकांश पर्यटकलाई यसको अवलोकन गराउने योजना नगरपालिकाको छ । वडा–५ का वडाध्यक्ष कृष्ण महतोले वाटर किङडम आफ्नै भएको आत्मविश्वास बढाउन एक घर एक शेयरको अवधारणा अघि सारिएको बताए । ‘पैसा हुनेले सजिलै शेयर हाल्नुहुन्छ,’ उनले भने, ‘नहुनेलाई हामी काम दिन्छौं र त्यहीबाट आएको पैसा शेयर हाल्न लगाउँछौं ।’ पर्यटक आकर्षण केन्द्रको रूपमा लिइएको वाटर किङडम बन्ने भएपछि ६० वर्षपछि झुवानीमा खुसी फर्किएको छ’, स्थानीय रामचन्द्र चौधरीले भने, ‘झुवानी ६० वर्ष पहिले जिल्लाको सदरमुकाम थियो । अब वाटर किङडमले झुवानीलाई चिनाउनेछ ।’ कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, वडा–६ का वडाध्यक्ष बलराम दाहाल, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई, झुवानी माविका पूर्वअध्यक्ष जोगेन्द्र महतोलगायत सहभागी थिए ।

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा

२९ चैत, काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आइतबार दिँउसो डढेलो लागेपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल जानकारी दिए । पोखरेलका अनुसार हेलिकप्टरमा पानी भर्नका लागि होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग […]