सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको फौजदारी अभियोगसम्बन्धी मुद्दा संवैधानिक इजलासले आज पनि हेर्न नमिल्ने भनेर पन्छाएको छ ।
संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीका कारण सापकोटाविरुद्धको मुद्दा हेर्न नमिलेको हो ।
सापकोटाले अदालतको अवहेलना गरेको भनी मानवअधिकारकर्मी सुशील प्याकुरेलले हालेको मुद्दाको पक्षमा कार्की वकिल रहँदा बहस गरेका थिए । सोही कारण अहिले कार्कीले सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्ने अदालतको भनाइ छ ।
अहिले सभामुख सापकोटाविरुद्धका सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको...