काठमाडौँ । वैदेशिक रोजगारीमा हुने ठगी तथा मानव तस्करी नियन्त्रणका लागि काठमाडौँको शङ्खरापुरमा रहेको सरोकार केन्द्रले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ । सरोकार केन्द्रका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोविन्द पन्थी नेतृत्वको प्रतिनिधिमण्डलले प्रहरी प्रधान कार्यकालमा पुगेर उक्त ध्यानाकर्षण पत्र बुझाएको हो । सो क्रममा संस्थाका महासचिव एवं सञ्चारकर्मी […]
मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ । कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लम्बाइको घमी खोला पुलको […]
अगुवा किसान दलबहादुर थापाले यसवर्ष रु १६ लाखको सुन्तला बिक्री गरेका छन्। अघिल्लो वर्ष रु १३ लाखको सुन्तला बिक्री गर्नुभएका उनले यस वर्ष रु तीन लाख बढी आम्दानी लिएको बताए।