म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । दुई तले नौ कोठे भूकम्पप्रतिरोधी क्षमताको भवन निर्माण भएको हो । रघुगङ्गा गाउँपालिका–१ का वडाध्यक्ष विलप्रसाद फगामीले एक करोड पाँच लाखको लागतमा भवन निर्माण भएको जानकारी दिए। ‘आर्थिक वर्ष २०८०-०८१ मा ५० लाख र २०८१-०८२ मा रु ५५ लाख […]