बेनीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली

म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ । यसअघि नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालु आर्थिक वर्ष २०७९/८० देखि वडा कार्यालयमा पनि लागू भएको हो । बेनी नगरपालिकामा १० वटा वडा छन् ।सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरल र पारदर्शी बनाउन ‘पेपरलेस गर्भनरनेन्स र फेसलेस सर्भिस’को अवधारणाअनुसार अनलाइन राजस्व प्रणाली लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए । “सहज, छिटो, झन्झटरहित र मित

सम्बन्धित सामग्री

कृषि मूल्य सूचना प्रणाली सार्वजनिक

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले नेपालमा बहुसङ्ख्यक जनता कृषिमा आधारित रहेकाले कृषिलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

ललितपुर महानगरको घर ‘मेट्रिक’ ठेगाना प्रणालीमा - NepaliPatra

काठमाडौँ। ललितपुर महानगरका– ६० हजार नौ सय ८८ घर मेट्रिक ठेगाना प्रणालीमा प्रविष्ट भएका छन्। ललितपुर महानगरभित्रका सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण सम्पन्न समेत भएको छ। भौगोलिक सूचना प्रणाली (जिआई एस) अधिकृत उत्तम काकीले महानगरपालिकाका २९ वटै वडाका ६० हजार नौ सय ८८ घरलाई सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर […]

बेनी नगरपालिकामा अनलाइन राजस्व सूचना प्रणाली प्रयोगमा

म्याग्दी – म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ । यसअघि नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालु आर्थिक वर्ष २०७९-८० देखि वडा कार्यालयमा पनि लागू भएको हो । बेनी नगरपालिकामा १० वटा वडा छन् । सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरल र पारदर्शी बनाउन ‘पेपरलेस गभर्नेन्स र फेसलेस […]

सरकारी डिजिटल भूअभिलेख प्रणाली असुरक्षित

भूमि व्यवस्थापन तथा अभिलेख विभागले अनलाइनमा आधारित भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस) सञ्चालनमा ल्याएको ६ वर्ष भयो । जग्गा प्रशासनसम्बन्धी सेवाहरूलाई समयसापेक्ष रूपमा सूचना प्रविधिमा आधारित बनाउन विभाग र यसअन्तर्गतका १ सय ८ वटा भूमिसुधार तथा मालपोत कार्यालयमा यस्तो प्रणाली कार्यान्वयनमा छ । प्रणाली सञ्चालनका लागि २०७२ माघ १८ बाट ‘भू–सूचना प्रणाली सञ्चालन निर्देशिका २०७१’ समेत जारी गरिएको थियो । तर यो प्रणाली सुरक्षाका हिसाबले कमजोर रहेको पाइएको छ ।

‘संक्रमण रोक्न सूचना प्रविधिको उपयोग’

कोभिड–१९ को संक्रमण रोक्न सूचना प्रविधिको अधिकतम प्रयोग गर्न क्यान महासंघले सरकारलाई आग्रह गरेको छ । महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा वास्तविक समयमा आधारित सूचना प्रणाली बनाउन पनि सरकारसमक्ष ध्यानाकर्षण गराएको छ ।

कोपोमिस कार्यान्वयन गर्न सहकारी विभाग असफल

सहकारी दर्तादेखि अनुगमनसम्म अनलाइनमार्फत गर्ने योजनासहित सुरु गरिएको सहकारी तथा गरिबी निवारण सूचना प्रणाली (कोपोमिस) कार्यान्वयन गर्न सहकारी विभाग असफल देखिएको छ । वेबमा आधारित सफ्टवेयरका प्राविधिक समस्या र प्रयोग गर्न सहकारीलाई विश्वास लिएर कार्यान्वयन गर्न नसक्दा विभाग असफल भएको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७३ चैतबाट सूचना प्रणाली कार्यान्वनयमा ल्याएको थियो […]

१०८ ठाउँमा अनलाइन भूअभिलेख सूचना प्रणाली

भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्था विभागले देशभर १ सय ८ स्थानका मालपोत कार्यालयबाट अनलाइनमा आधारित भूअभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस) सुरु गरेको छ । विभागअन्तर्गतका १ सय २६ मालपोत कार्यालयमध्ये अहिले १ सय ८ ठाउँमा एलआरआईएमएस सेवा सुरु भइसकेको विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए ।

कोपोमिस कार्यान्वयन किन कमजोर ?

सहकारी दर्तादेखि अनुगमनसम्म अनलाइनमार्फत गर्ने र सहकारीको तथ्यांकलाई व्यवस्थित गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७३ चैतदेखि सहकारी तथा गरिबी निवारण सूचना प्रणाली (कोपोमिस) प्रणाली सुरु ग-यो । देशभर ३० हजारको हाराहारीमा सहकारी सञ्चालनमा रहे पनि करिब ४ हजार सहकारी मात्र यस प्रणालीमार्फत विवरण बुझाउने गरेका छन् । मन्त्रालयले अनलाइनमा आधारित सफ्टवेयर निर्माण […]