कृषि मूल्य सूचना प्रणाली सार्वजनिक

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले नेपालमा बहुसङ्ख्यक जनता कृषिमा आधारित रहेकाले कृषिलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

सम्बन्धित सामग्री

कृषिमूल्य सूचना प्रणाली सञ्चालनमा

प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सूचना प्रवाह गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले बुधबार मूल्य सूचना प्रणाली सार्वजनिक गर्नुभएको हो ।

कृषि उपज सूचना तथा उत्पादन रेकर्ड प्रणाली सञ्चालन

चितवन । चितवनमा कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनले कृषि उपजको उत्पादन तथा आपूर्ति खरीदमा संलग्न पक्षहरूबीच मूल्य, स्थान र समयको आधारमा सम्पर्क गराउने उद्देश्यले हालै यस्तो प्रणाली सञ्चालनमा ल्याएको हो । यस प्रणालीबाट किसानले आफ्नो उत्पादनको मूल्य प्रस्ताव गरी वेबसाइटमा राख्न सक्ने र किसानको उत्पादन हेरेर व्यापारीले खरीद गर्न सक्ने परियोजनाका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाले जानकारी दिए । ‘सूचना प्रणाली सञ्चालनमा आएसँगै हामी ‘चितवन मार्केट डट पीएमएमपी डटजीओभी डटएनपी’मार्फत कृषि उपजको विवरण दैनिक अद्यावधिक गर्छौं,’ उनले भने, ‘किसान र व्यापारीबीच सम्पर्क गराएर मूल्य निर्धारण गर्न सहयोग पुग्छ ।’ वेबसाइटमार्फत किसानले कृषि उपजको आपूर्तिको विवरण र व्यापारीले खरीदको विवरण राख्न सक्नेछन् । भरतपुर महानगर फलफूल तथा तरकारी बजारमा रहेका तरकारी र फलफूलको मूल्य कृषकले सहजै हेर्न मिल्ने व्यवस्था गरिएको परियोजनाका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए । यसले गर्दा किसान ठगिनबाट बच्ने र उपभोक्ताले पनि कृषि उपजको प्रकृति र गुणस्तर अनुसार उचित मूल्यमा खरीद गर्न सक्ने उनले बताए । ‘वेबसाइटको मूल्यसूची हेरेर किसान र व्यापारीले आफूलाई चाहिने कृषि उपजको मूल्य र परिमाण तोक्न सक्छन् । त्यहाँ सम्बन्धित व्यक्तिको फोन नम्बर समेत राखिएको हुन्छ,’ उनले भने ‘यसले किसान र व्यापारीको सम्पर्क भई सहजै कृषि उपजको विक्री हुनेछ ।’ वेबसाइटमा चितवन बाहिरका किसान र व्यापारीले समेत आफ्नो विवरण भर्न सक्ने व्यवस्था गरिएको छ । कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणालीको वेबसाइट निर्माणमा ड्रिमवर्क सोलुसनले प्राविधिक सहयोग गरिरहेको छ । किसानले उत्पादन गरेका वस्तु खेर फाल्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले २ वर्ष अघिदेखि वेबसाइटको विकास गरेर अघि बढेको कम्पनीका निर्देशक सन्तोष जोशीले जानकारी दिए । कम्पनीले नेपालमा कृषि उपजको बजारीकरणमा सहज पुर्‍याउने गरी काम गरेको उनले बताए । उत्पादन नियन्त्रण प्रणालीमा चितवनमा भरतपुर, खैरहनी, माडी र राप्ती पालिकाका किसान सहभागी भइसकेका छन् । छुटेका किसानलाई पनि समावेश गर्ने योजना रहेको उनले जानकारी दिए । वेबसाइटमा मूल्यसूची र खरीद तथा विक्रीकर्ताको सम्पर्क सूत्र उल्लेख गरिएको ड्रिमवर्क सोलुसनका कार्यक्रम संयोजक किरण बमले जानकारी दिए । कृषि प्रवर्द्धन बजार विकास प्रालिका अध्यक्ष शालिकग्राम घिमिरेले किसान र व्यवसायीलाई जोडिराख्न यसलाई नियमित सञ्चालन गर्न अनुरोध गरे  ।  उक्त प्रणालीले किसान र व्यवसायीलाई फाइदा पुग्ने तरकारी जोन सञ्चालन समितिका संयोजक हरि ढकालले बताए ।

चितवनमा कृषि उपज सूचना तथा उत्पादन रेकर्ड प्रणाली सञ्चालनमा

वैशाख १६, चितवन । चितवनमा कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनले कृषि उपजको उत्पादन र आपूर्ति खरीदमा संलग्न निकायबिच मूल्य, स्थान समयको आधारमा सम्पर्क गराउने उद्देश्यले कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको हो ।  यस प्रविधिबाट किसानले आफ्नो उत्पादनको मूल्य प्रस्ताव गरी वेबसाईटमा राख्न सक्ने र किसानको उत्पादन हेरेर व्यापारीले खरीद गर्न सक्ने परियोजनाका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाले जानकारी दिए । ‘सूचना प्रणाली अगाडी बढेको अवस्थामा हामीले ‘चितवन मार्केट डट पिएमएमपि डट जिओभि डट एनपी’ chitwanmarket.pmamp.gov.np मार्फत कृषि उपजको अवस्था दैनीक अपडेट गर्ने गरि अगाडी बढेका छौँ,’ उनले भने ‘यसले मूल्यको अवस्था र उत्पादनसँगै किसान र व्यापारी बिच सम्पर्क गराएर मूल्य निर्धारण गर्न सहयोग पुग्छ ।’ वेबसाइटमार्फत किसानले कृषि उपजको आपूर्तिको विवरण र व्यापारीले खरीदको विवरण राख्न सक्नेछन् ।  भरतपुर महानगर फलफूल तथा तरकारी बजारमा रहेका तरकारी र फलफूलको मूल्य कृषकहरुले सहजै हेर्न मिल्ने व्यवस्था गरिएको परियोजनाका कृषि अधिकृत इन्द्रशर्मा ढुंगानाले जानकारी दिए ।  यसले गर्दा किसान ठगिन नसक्ने र उपभोक्ताले पनि मूल्य कृषि उपजको प्रकृति र गुणस्तरीय अनुसार कृषि उपज पाउने छन् ।  ‘वेबसाइटको मूल्यसूची हेरेर किसान र व्यापारीले आफूलाई चाहिने कृषि उपजको मूल्य र परिमाण तोक्न सक्छन् । त्यहाँ सम्बन्धित व्यक्तिको फोन नम्बर समेत राखिएको हुन्छ ।’ उनले भने ‘यसले किसान र व्यापारीको सम्पर्कभई सहजै कृषि उपजको बिक्रिमा सहज हुने देखिन्छ ।’ यस वेबसाइटमा चितवन बाहिरका किसान र व्यापारीले समेत आफ्नो विवरण भर्न सक्ने व्यवस्था गरिएको छ ।  कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणालीको वेबसाइडको प्राविधिक सहयोग ड्रिम वर्क सोलुसनले गरिरहेको छ । किसानले उत्पादन गरेका वस्तुहरुको खेर फाल्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले दुई वर्ष अघिदेखि वेबसाइडको विकास गरेर अगाडी बढेको ड्रिम वर्क सोलुसनका निर्देशक सन्तोस जोशीले जानकारी दिए ।  उनले नेपालमा कृषि उपजको बजारिकरणमा सहज पुर्‍याउने गरी काम गरेको बताए । उत्पादन नियन्त्रण प्रणालीमा चितवनमा भरतपुर, खैरहनी, माडी र राप्ती पालिकाका किसानहरु सहभागी भइसकेका छन् । छुटेका किसानहरुलाई पनि समावेश गर्ने योजना रहेको उनले जानकारी दिए ।  वेबसाइटमा मूल्य सूची, खरीद र विक्री कर्ताको सिधै सम्पर्क गर्न सक्ने नाम, नम्बर उल्लेख गरिएको ड्रिम वर्क सोलुसनका कार्यक्रम संयोजक किरण बमले जानकारी दिए ।  कृषि प्रवर्द्धन बजार विकास प्रालिका अध्यक्ष शालिकग्राम घिमिरेले किसान र व्यवसायीलाई जोड्ने प्रयास भएको भन्दै नियमित सञ्चालन गर्न अनुरोध गरे  ।  यस प्रविधिले किसान र व्यवसायीलाई फाइदा पुग्ने तरकारी जोन सञ्चालन समितिका संयोजक हरि ढकालले बताए  । यस वेबसाईटमार्फत किसान र व्यवसायीले आफ्नो विवरण राख्न सक्नेछन् ।