गत साउन १७ गते मंगलबार साँझ ५ बजेर १८ मिनेट जाँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख घुस रकमसहित पक्राउ परे । प्याराग्लाइडिङ उडान अनुमतिका लागि पटकपटक घुस मागेर हैरानी दिएपछि सेवाग्राहीकै उजुरीका आधारमा नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ६ लाख घुस लिइसकेपछि पक्राउ गरेको थियो ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन महाशाखाका प्रमुख छन्, सहसचिव बुद्धिसागर लामिछाने । त्यही महाशाखाले प्याराग्लाइडिङ उडान अनुमतिको स्वीकृति दिन्छ, त्यसका लागि विविध