विद्यालयमा पानी नभएपछि शौच गर्न झाडीतिर विद्यार्थी

अछाम- अछामको मंगलसैन नगरपालिका-९ स्थित मंगला नेरा मावि ओलिगाउँमा अध्ययनरत विद्यार्थीले विद्यालयमा खानेपानीको अभावका कारण शौचालय प्रयोगमा समस्या भोग्नु परेको बताएका छन् । नियमित विद्यालयमा आउने विद्यार्थीले खानेपानीको उचित व्यवस्था नहुँदा शौचालय प्रयोग गर्न समस्या भइरहेको बताएका हुन् । यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बृहत् यौनिकता शिक्षासम्बन्धी भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी किशोरीले महिनावारी […]

सम्बन्धित सामग्री

विद्यार्थी नै नभएपछि हुम्लाको एकमात्र इन्जिनियरिङ स्कुल बन्द हुने अवस्थामा

सिमकोट- डिप्लोमा सिभिल इन्जिनियरिङ विषयमा पठनपाठन हुने जिल्लाको एउटा मात्र विद्यालयमा यसवर्ष विद्यार्थी भर्ना नै नहुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ। जिल्लाको सिमकोट गाउँपालिका- ६ मा रहेको मानसरोवर नमुना माध्यामिक विद्यालयमा भर्ना खोले पनि विधार्थीहरू नआउँदा यस शैक्षिक सत्रको पहिलो सेमेस्टरका लागि भर्ना कार्य नभएको हो। उक्त विद्यालयमा प्रधानाध्यापक अम्मरबहादुर शाहीले यस शैक्षिक सत्रमा […]

विद्यार्थी नभएपछि विद्यालय बन्द

सिमकोट- नाम्खा गाउँपालिका- ६ को हिमालपारीको गाउँ लिमीको जाङगाउँको भृकुटी आधारभुत विद्यालय बन्द भएको छ। विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नभएपछि विद्यालय बन्द गरिएको हो। लिमीका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार जाङ गाउँका भृकुटी आविमा अध्ययन गर्ने विधार्थीहरू नभएपछि विद्यालय बन्द भएको छ। उक्त गाउँका अधिकांश स्थानीय काठमाडौं बसाई सर्न थालेको कारण विद्यार्थी ‍पनि उतैतिर लागेकाले […]

विद्यालय भवन नभएपछि खेतमा बसेर पठनपाठन – देशसञ्चार

सिमकोट – जिल्लाको दक्षिणी क्षेत्रको एक विद्यालयमा विद्यार्थी कक्षाकोठा नभएपछि विद्यालय नजिकैको खेतमा बसेर अध्ययन गर्दै आएको पाइएको छ। ग्त वर्ष असोज १९

डेढ घण्टा हिँडेर विद्यालय जान बाध्य छन् विद्यार्थी

पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्नुहुन्छ । उहाँ गाउँदेखि करिब डेढ घण्टा बढीको पैदल हिँडेर विद्यालय पुग्नुपर्दा समस्या भएको गुनासो पोख्नुहुन्छ । गाउँमै मावि तहसम्मको विद्यालय नभएपछि डेढ घण्टाभन्दा बढी ९एकतर्फी० हिँडेर स्कुल पुग्न उहाँलाई सहज छैन । गाउँमै रहेको गोरखनाथ आधारभूत विद्यालयमा कक्षा ८ सम्मको शिक्षा […]

विद्यालयको गेटले च्यापिएर एक विद्यार्थी गम्भीर घाइते

हेटौंडा : मकवानपुरमा विद्यालयको गेटले च्यापिएर एक विद्यार्थी गम्भीर घाइते भएकी छिन्।जिल्लाको भीमफेदी गाउँपालिका–४ निबुवाटारस्थित बाराही माध्यमिक विद्यालयको फलामको गेट एक्कासी ढल्दा च्यापिएर विद्यालयकी छात्रा गम्भीर घाइते भएकी हुन्।घाइते हुनेमा विद्यालयमा कक्षा १ मा अध्यययनरत ५ वर्षीया मालती पाख्रिन रहेकी छन्। पाख्रिनलाई विद्यालय छुट्टी भएर घर जाने क्रममा गेट ढलेर थिचेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।गम्भीर अवस्थामा रहेकी उनको हेटौंडामा उपचार

बुटवलका सामुदायिक विद्यालयको गुणस्तरीय छलाङ

रुपन्देही : केही वर्षअघि गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो।सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको विषय हुन्थ्यो भने अभिभावकको प्रतिष्ठाको विषय बन्थ्यो तर अहिले अवस्था फेरिएको छ।पछिल्ला पाँच वर्षमा बुटवलका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढेको बढ्यै छ।सङ्ख्या धेरै भएपछि सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न गाह्रो भइरहेको छ। सजिलै भर्ना हुने अवस्था नभएपछि नेताको भनसुन गराएर समेत बालबालिका भर्ना गराउन अभिभावक विद्यालय पुग्

पानी अभावः घरबाटै पानी बोक्न बाध्य विद्यार्थी

बागलुङ – बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीको जनकल्याण माध्यमिक विद्यालयमा खानेपानीको चरम अभाव छ। खानेपानी व्यवस्थापनका लागि बर्सेनि बजेट छुट्टिने गरे पनि दिगो समाधान हुन सकेको छैन। विद्यालयमा पानी नभएपछि विद्यार्थी घरबाटै बोतलमा पानी बोक्न बाध्य छन्। पानी नहुँदा विद्यालय परिवारलाई नियमित सरसफाइ तथा शौचमा समेत समस्या हुने गरेको छ। विद्यालयमा पानीको निकै समस्या छ। केही […]

समायोजनपछि विद्यालयमा सुधार, विद्यार्थी संख्या १२ बाट तीन सय पुग्यो

उदाहरण–१ दाङ घोराहीको हरिद्वार प्राविमा कुनै समय १२ विद्यार्थी मात्र अध्ययनरत थिए। विद्यार्थी न्यून र शिक्षण सिकाइ प्रभावकारी नभएपछि विद्यालयलाई घोराहीनजिकैको चौघेरा माविको जिम्मा लगाइयो। यी विद्यालयलाई मर्ज गर्ने हल्ला चल्यो।...

बैतडीमा विद्यार्थी भर्ना अभियान सञ्चालन

बैतडी : कोरोना महामारीकै बीच बैतडीमा विद्यार्थी भर्ना अभियान संचालन गरिएको छ। जिल्लामा असार १ गतेदेखि नै भर्ना अभियान सुरु गरिएको हो।शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र प्रसाद अवस्थीले जिल्लाभित्रका सामुदायिक र संस्थागत सबै विद्यालयमा नियमित विद्यार्थी भर्ना अभियान सुरु गरिएको जानकारी दिए।कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा गर्न सम्भव नभएपछि आन्तरिक मुल्याङ्कनबाट नतिजा प्रकाशन गरेका सबै विद्यालयले भर्ना अभियान सञ्चालन गरेका छन्।‘असार १ गतेदेखि नयाँ शैक्षिक सत्र

विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

बझाङ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहनेजस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताउनुभयो । विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकमा यस्ता लक्षण देखिएका छन् । एक हप्तासम्म औषधोपचार गर्दा पनि बिरामी विद्यार्थी र शिक्षकलाई ठीक नभएपछि बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गरेको हो । दुई सय ४५ विद्यार्थी र ११ शिक्षक रहेको धुली माविले नजिकै रहेको धुली सामुदायिक स्वास्थ्य केन्द्रबाट उपचार गर्न खोजे पनि बिरामीमा कुनै परिवर्तन नआएको समेत प्रधानाध्यापक विष्ट भोटेले बताउनुभयो । साथै केही दिन अगाडि मात्र धलौनमा रहेको धलौन माविका विद्यार्थी र शिक्षकमा पनि यस्तो लक्षण देखा परेको र शिक्षक र विद्यार्थीलाई उक्त लक्षण सरेकाले चार दिनसम्म बन्द गरिएको थियो । उपचार गरी ठीक भएपछि अहिले विद्यालय सञ्चालनमा आएको स्थानीय वसन्त बोहोराले बताउनुभयो । रासस