विद्यार्थी नै नभएपछि हुम्लाको एकमात्र इन्जिनियरिङ स्कुल बन्द हुने अवस्थामा

सिमकोट- डिप्लोमा सिभिल इन्जिनियरिङ विषयमा पठनपाठन हुने जिल्लाको एउटा मात्र विद्यालयमा यसवर्ष विद्यार्थी भर्ना नै नहुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ। जिल्लाको सिमकोट गाउँपालिका- ६ मा रहेको मानसरोवर नमुना माध्यामिक विद्यालयमा भर्ना खोले पनि विधार्थीहरू नआउँदा यस शैक्षिक सत्रको पहिलो सेमेस्टरका लागि भर्ना कार्य नभएको हो। उक्त विद्यालयमा प्रधानाध्यापक अम्मरबहादुर शाहीले यस शैक्षिक सत्रमा […]

सम्बन्धित सामग्री

जोडु स्कुल : विद्यार्थीलाई पढ्नेभन्दा भत्किने चिन्ता !

सिंजा गाउँपालिका–६ जोडुस्थित श्रीमाध्यामिक विद्यालय लामो समयदेखि बाढीपहिरोबाट प्रभावित छ। जोडु र भाडगाउँको बीचमा पर्ने विद्यालय जोखिमपूर्ण अवस्थामा छ। बाढीपहिरोले विद्यालयका सवै संरचना भत्केका छन्। त्यही भत्केकै विद्यालयमा घाम लागेको दिनमा विद्यार्थी...

यसरी पनि सुध्रिन्छ सामुदायिक स्कुल

विद्यार्थी संख्या घट्दै र शैक्षिक स्तर कमजोर बन्दै गएको अवस्थामा निलबाराही माध्यमिक विद्यालय शैक्षिक गुणस्तर कायम गरी अब्बल बनेको छ।...

यसरी पनि सुध्रिन्छ सामुदायिक स्कुल

विद्यार्थी संख्या घट्दै र शैक्षिक स्तर कमजोर बन्दै गएको अवस्थामा निलबाराही माध्यमिक विद्यालय शैक्षिक गुणस्तर कायम गरी अब्बल बनेको छ।...

ढल्नै लागेको भवन‚ ज्यान हत्केलामा राखेर पढ्दै विद्यार्थी

बागलुङ : मर्मत नगरिँदा विद्यालय भवनको गाह्रो बाङ्गिएको छ, छानाको जस्तापातामा खिया मात्रै लागेको छैन कुच्चिएको पनि छ, भित्ताको माटो उप्किएर भवन चर्किएको प्रष्ट देखिन्छ।बागलुङको एउटा विद्यालय भवनको कारुणिक अवस्था देख्ने जो कोहीलाई लाग्न सक्छ- यो स्कुल बन्द छ कि चलिरहेको छ? समयमै भवनको मर्मतसम्भार नगरे पठनपाठन चलिरहेकै अवस्थामा भत्किन सक्ने जीर्ण भवन दुर्गम गाउँको भने हैन न त विद्यार्थी अभावमा बन्द नै भएको स्कुल हो यो।उक्त विद्यालय बागलुङ जिल्ला सदरमुकामको बागलुङ नगरपा

शिक्षण पेसाका दुःख

स्कुल पढ्दा गाउँमा सबैभन्दा राम्रो रोल मोडेल मान्छे शिक्षकहरू नै हुनुहुन्थ्यो। अरू पेसाकर्मी नदेखेको अवस्थामा चिरिच्याट्ट सजिएका र सधैँ प्रष्ट सुनिने, बुझिने शिक्षकहरूलाई आदर्श मानियो। सायद उहाँहरूको प्रभावले नै होला शिक्षक बन्न पढियो। आयोग पास गरेर शिक्षक बनियो। आफ्नो कामप्रति निष्ठापूर्वक काम गरेको हुनाले होला साढे दुई दशकको शैक्षिक पेसागत जीवनमा विद्यार्थी र अभिभावकका तर्फबाट सधैँ सकारात्मक पृष्ठपोषण र सहयोग प्राप्त भयो। यस हिसाबले राम्रो माने पनि शिक्षक हुनु र भइरहन झेल्नुपर्ने अनगिन्ती तनावहरू बारे चर्चा गरौँ।

दुईदिने बिदाले आन्तरिक पर्यटकको चहलपहल बढ्ने पोखराका पर्यटन व्यवसायीको विश्वास

वैशाख १५, पोखरा । नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी गरेको थियो । सरकारको यो तयारी र निर्णयसँगै पोखराका पर्यटन व्यवसायीहरूले पनि यहाँ पर्यटन पूर्वाधारमा अर्बौँको लगानी पनि गरेका थिए ।  तर दुःखद् पक्ष त यो रह्यो कि ती पूर्वाधारमा विश्वका पर्यटकलाई स्वागत गर्ने तयारीको मुखैमा आएर विश्वव्यापीरूपमै कोरोना भाइरसको प्रकोप फैलियो र सबैतिर बन्दाबन्दी भयो ।  यो महामारीले विश्वलाई नै असर गर्‍यो र सबै क्षेत्र तहसनहस भए भने पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । यस क्षेत्रमा लगानी गरेका व्यवसायी पनि निराश हुन पुगे । विभिन्न चरणमा देखापरेको कोभिड–१९ यतिबेला खोपको सहजतासँगै निष्क्रिय हुँदै गएपछि पर्यटन क्षेत्र केही चलायमान हुन थालेको छ ।  यसैक्रममा नेपाल सरकारले आगामी जेठ १ बाट लागू हुने गरी हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेपछि यहाँको पर्यटन क्षेत्र उत्साहित भएको छ । आन्तरिक पर्यटकको चहलपहल बढ्ने र आर्थिक गतिविधिमा थप सहयोग पुग्ने विश्वास लिई यहाँका पर्यटन व्यवसायीले सरकारको यो निर्णयको स्वागत गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड–१९ का कारण प्रभावित भएको पर्यटन क्षेत्र केही चलायमान हुँदै आएको अवस्थामा हालै सरकारले गरेको सार्वजनिक बिदाको निर्णय स्वागतयोग्य भएको बताए । उनले भने, ‘पछिल्लो समय नेपाली समाजमा देश घुम्ने बानीको विकास भएको छ ।  यो निर्णयले कर्मचारीमा आफूसँगै पारिवारिक घुमघाम गर्ने अवसरसमेत प्रदान गर्नेछ ।’ उनले विश्वका करीब १०० बढी देशहरूमा यस खालको अभ्यास भएको जनाउँदै नेपालमा पनि यसले सकारात्मक नतिजा दिनेमा आफू आशावादी भएको बताए । कोभिडपछि धेरै पर्यटकले मानसिक र शारीरिक स्फूर्तिका लागि प्राकृतिक र शान्त स्थानहरूको खोजी गर्दै घुमघाममा निस्कने प्रचलन बढिरहेको जनाउँदै यो विदाले घुम्न चाहनेहरूका लागि थप उत्साह प्रदान गर्ने उनको भनाइ छ । पोखरा आन्तरिक पर्यटकको रोजाइको सहर पनि भएकाले बिदासँगै आन्तरिक पर्यटक र विशेषगरी पारिवारिक घुमघामका लागि पोखरा आउने पर्यटक बढ्न सक्ने उनको अनुमान छ । पोखरा होटल संघ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पनि सरकारको निर्णयले पर्यटन क्षेत्रका व्यवसायीलाई उत्साह थपेको बताए । उनले कोभिड पछाडि आन्तरिक पर्यटकका कारण नै पोखराको पर्यटन क्षेत्र चलायमान बन्दै गएको र अझ दुई दिन बिदाले पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पछिल्लो समय शैक्षिक भ्रमणका लागि पोखरामा स्कुल र कलेजका विद्यार्थी, सहकारीकर्मीलगायत विभिन्न क्षेत्रबाट पोखरा आउनेको संख्या बढिरहेको छ । कार्यालयको काममा व्यस्त हुनेहरूलाई दुई दिनको ‘रिफ्रेसमेन्ट’का लागि घुम्ने अवसर प्रदान गरेको छ ।’ सरकारले बिदासँगै देशभित्र घुमघाम गर्नका लागि पनि कर्मचारीहरूलाई प्रेरित गर्नुपर्ने सुझाव पनि उनले दिए । उनका अनुसार पोखराको लेकसाइड र ड्याम साइडमा पर्यटकीयस्तरका ७०० र पोखरा आसपास गरी १ हजार २०० पर्यटकीयस्तरका होटल छन् । यहाँका होटलको क्षमता ४० हजार बढी बेड संख्या छ । पर्यटकीय होटलमा करीब रू. चार खर्ब लगानी छ । पोखरामा पर्यटकको बसाइ औषत दुई दिन रहेको छ ।  त्यस्तै नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले देशदर्शन कार्यक्रम तथा हप्तामा दुई दिन बिदा दिने निर्णयले पर्यटन क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरे ।  आफूहरुले निकै पहिलेदेखि उठाइरहेको हप्तामा दुई दिन बिदालाई सरकारले सम्बोधन गरेको भन्दै यसलाई सकारात्मकरूपमा लिएको बताए । उनले भने, ‘बिदाले घुम्ने संस्कृतिमा विकास गर्छ, नाट्टाले यस विषयमा धेरै पहिलेदेखि नै विभिन्न फोरममा कुरा राख्दै आएको थियो, अहिले सरकारबाट निर्णय भएको छ र यसको प्रभावकारी कार्यान्वयनमा जोड दिन सकियो भने पर्यटन क्षेत्र थप चलायमान हुन्छ ।’ गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल गण्डकीका अध्यक्ष उदय सुवेदीले सार्वजनिक बिदाले नेपालको ग्रामीण पर्यटनमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । कामको चटारोबीच घुम्न निस्कँदा रमणीय प्राकृतिक स्थानको खोजी हुने त्यस ठाउँहरूमा रहेका घरवास (होमस्टे) मा पर्यटकको आगमन वृद्धि हुने उनको भनाइ छ । त्यसैगरी छोटा पदयात्रा प्रवर्द्धनमा पनि यस बिदाले सघाउ पुर्‍याउन सक्ने उनले विश्वास व्यक्त गरे । पोखराका विभिन्न १२ पर्यटनसम्बद्ध संघसंस्थाको छाता संगठन पोखरा पर्यटन परिषद्ले पनि यस निर्णयको स्वागत गर्दै विज्ञप्ति जारी गरेको छ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ दशमलव ३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम रहने निर्णण गरेको हो ।  यो बिदाका समयमा सरकारी कर्मचारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारी पनि पोखरा घुम्न आउलान् भन्ने आशामा पोखराका पर्यटन व्यवसायी देखिन्छन् । रासस

स्कुल बस ढुकेर बालबालिकाको अपहरण, बुटवलबाट पुर्‍याइयो झापा

विद्यालय हिँडेका रूपन्देहीका दुई बालबालिकालाई अपहरण गरी झापा पुर्‍याइएको अवस्थामा प्रहरीले फेला पारेको छ ।  रुपन्देहीको सैनामैना नगरपालिका-६ की पुष्पा दाहालका छोराछोरीलाई शुक्रवार दिउँसो झापाको बिर्तामोडबाट प्रहरीले उद्धार गरेको हो ।  सैनामैनाको प्रभाव बोर्डिङ स्कुलमा पढ्ने १२ वर्षीय प्रसिद्ध (छोरा) र ९ वर्षीया प्रसन्न (छोरी) बिहीवारदेखि घर नआएपछि परिवारले विद्यालयमा फोन गरेका थिए । विद्यालयले विद्यार्थी स्कुल नआएको बताएपछि अपहरणमा परेको पुष्टि भएको थियो ।  उनीहरू विद्यालय बस चढेर गएका  ...

कोरोना जोखिम न्यून पार्न अभिभावक, शिक्षक र विद्यार्थीले अपनाउनुपर्ने सावधानी

काठमाडौं :  पछिल्लो समय कोरोना भाइरसको संक्रमण केही मत्थर देखिएको छ।अहिले निजी तथा सरकारी सबै कार्यालय, यातायातदेखि उद्योग र कलकारखानालगायत स्कुल तथा कलेजसमेत सञ्चालनमा आइसकेका छन्।अहिले विद्यालय सामान्य अवस्थामा जस्तै सञ्चालन हुन थालेका छन्।समुदायमा संक्रमण घटे पनि कोरोना विरुद्धको खोप हालसम्म नपाएकाले बालबालिकाहरू संक्रमणको उच्च जोखिममा विद्यार्थी नै छन्।यस्तो अवस्थामा विद्यालयमा बालबालिकालाई संक्रमणबाट जोगाउन सकभर खाजा, पानीलगायत घरबाटै पठाउनु पर्ने बताउँछन् बालर