भदौ २५, काठमाडौं । सानिमा क्यापिटलको छैठौं वार्षिक साधारण सभा असोज १५ गते हुने भएको छ ।
सभा कम्पनीको केन्द्रिय कार्यालय, नक्साल, काठमाडौंमा अपरान्ह्र १ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाको प्रस्तावमा कम्पनीले शेयरधनीहरुलाई चुक्तापूँजीको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने रहेको छ ।
साथै, सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको सेवा सुविधा सम्बन्धमा छलफल गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।