बढेको सीआरआर कार्यान्वयनमा, एसएलआर भने पुसपछि मात्रै

१८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वृद्धि गरेको वैधानिक तरलता अनुपात (एसएलआर) आगामी पुसदेखि मात्रै कार्यान्वयनमा लैजान भएको छ । तर, अनिवार्य नगद अनुपात (सीआरआर) भने १२ साउनदेखि नै कार्यान्वयन भएको केन्द्रीय बैंकले जनाएको छ । चालु मौद्रिक नीति मार्फत केन्द्रीय बैंकले अनिवार्य नगद अनुपात ३ प्रतिशतबाट ४ प्रतिशत पुर्‍याउने बताएको थियो । मौद्रिक नीति […]

सम्बन्धित सामग्री

सापटी लिएर सीआरआर, कुन शीर्षकमा कति सापटी ?

फागुन २६, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू अनिवार्य नगद मौज्दात (सीआरआर) राख्न राष्ट्र बैंकले दिने सापटीमा निर्भर हुन थालेका छन् ।  निक्षेप वृद्धि नभए पनि कर्जा प्रवाहमा आक्रामक भएपछि बैंकहरूले राष्ट्र बैंकले तोकेअनुसारको तरलता व्यवस्थापनका लागि कर्जा लगानीभन्दा बढी रकम सापटीका रूपमा चलाएका छन् ।  फागुन २३ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४६ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ । फागुन २५ गतेसम्ममा बैंकहरूले राष्ट्र बैंकबाट तरलता प्रवाह गर्ने मौद्रिक उपकरण स्थायी तरलता सुविधा (एसएलएफ), रिपो, ओभरनाइट रिपो र सीधै खरीद सुविधाबाट ४८ खर्ब ८० अर्ब रुपैयाँ सापटी चलाएका छन् । यसमध्ये बुधवार १ खर्ब ७० अर्ब ६३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमै छ ।  बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको ३ प्रतिशत रकम सीआरआरका रूपमा राष्ट्र बैंकको खातामै राख्नुपर्छ । अहिले बैंकहरूको कुल निक्षेपको आधारमा करीब डेढ खर्ब रुपैयाँ सीआरआरका रूपमा राख्नुपर्छ । बैंकहरूको निक्षेप वृद्धि नभएपछि राष्ट्र बैंकबाट सापटी लिएर तोकिएको सीआरआर राखेका हुन् ।  राष्ट्र बैंकका अनुसार बैंकहरूले चालू आवमा एसएलएफ सुविधाबाट ४४ खर्ब ४६ अर्ब ९ करोड रुपैयाँ चलाएका छन् । ७ दिन अवधिको यो सापटी चलाउँदा बैंकहरूले राष्ट्र बैंकलाई ७ प्रतिशत ब्याज तिर्नुपर्छ ।  राष्ट्र बैंकले पुस १२ गतेबाट एसएलएफको ब्याजदर ५ प्रतिशतबाट वृद्धि गरेको हो । ब्याजदर वृद्धि भए पनि एसएलएफलको प्रयोग घटेको छैन । ब्याज वृद्धिपछि पनि बैंकहरूले लिने एसएलएफ वृद्धि भइरहेको छ । बुधवार एकै दिन बैंकहरूले ६३ अर्ब ४१ करोड रुपैयाँ एसएलएफ लिएका छन् । यो हालसम्मकै उच्च हो ।  यसैगरी चालू आवमा बैंकहरूले रिपोमार्फत २ खर्ब ६० अर्ब, सोझै खरीदबाट ७५ अर्ब र ओभरनाइट रिपोबाट १ खर्ब १८ अर्ब ४३ करोड रुपैयाँ सापटी लिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  बैंक तथा वित्तीय संस्थाहरूलाई अप्ठ्यारो अवस्थामा चलाउने गरी मौद्रिक उपकरण राखिएको भए पनि त्यसलाई नियमित रूपमा प्रयोग गर्नुले बैंकहरूको अक्षमता देखिने राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।  ‘बैंकहरूलाई अप्ठ्यारो पर्दा तरलता कायम गर्न मौद्रिक उपकरणको व्यवस्था गरिएको हो,’ उनले भने, ‘तर, नियमित रूपमा राष्ट्र बैंकमै भर पर्नु बैंकहरूको कमजोरी हो ।’ बैकहरूले मौद्रिक उपकरणबाट हालसम्मकै धेरै सापटी उपभोग गरेको उनले बताए ।  नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय बैंकहरूले एसएलएफलगायत सुविधाबाट पाउने रकम बैंकहरूको आफ्नै पैसा भएकाले नियमअनुसार नै त्यसलाई सदुपयोग गरेको दाबी गर्छन् । बैंकहरूले सीआरआरमा राख्नुपर्ने रकममध्ये ७० प्रतिशत रकम दैनिक रूपमा राष्ट्र बैंकमै राख्नुपर्छ ।  यसैगरी वाणिज्य बैंकहरूले कुल स्वदेशी निक्षेपको १० प्रतिशत, विकास बैंकले ८ प्रतिशत र फाइनान्स कम्पनीहरूले ७ प्रतिशत वैधानिक तरलता अनुपात (एसएलआर) कायम गर्नुपर्छ ।   चालू आवको माघ मसान्तसम्ममा वाणिज्य बैंकहरूको निक्षेप १ खर्ब १० अर्ब रुपैयाँ विस्तार हुँदा कर्जा प्रवाह भने ४ खर्ब ३४ अर्ब रुपैयाँले बढेको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह बढी भएको र अधिकांश कर्जा आयातलगायत अनुत्पादक क्षेत्रमा प्रवाह हुँदा तरलताको अभाव हुँदै आएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । कुन शीर्षकमा कति सापटी ?  स्थायी तरलता सुविधा :    ४४ खर्ब ४६ अर्ब ९ करोड रिपो :                             २ खर्ब ६० अर्ब  ओभरनाइट रिपो :             १ खर्ब १८ अर्ब ४३ करोड सोझै खरीद :                    ७५ अर्ब

मोटरहेडले ल्यायो नयाँ टेक्कन आर २५० र एमएच १५०

काठमाडौं । मोटरहेडले टेकन आर २५० र एमएच १५० को अपग्रेड मोडल नेपाल ल्याएको छ । नयाँ मोटरसाइकलमा युवाहरुको आकर्षण बढेको कम्पनीले जनाएको छ । मोटरहेडले थुप्रै मोडल नेपालमा विक्री गर्दै आएको भएपनि पछिल्लो पटक नेपाल आएका यी दुई मोडलले फेस्टिभ सिजनमा विशेष आकर्षण थपेको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड स्रोतले जनाएको छ । […]

शेयरबजारको वृद्धि अस्वाभाविक त छैन ?

नेपालको शेयरबजार १ वर्ष अगाडि वैशाख ३० र ३१ २०७७ मा एक डेढ अर्व हाराहारीमा कारोबार हुन्थ्यो । पहिलोपटक ४ अर्बको कारोबार हुँदा आश्चर्य मानिएको देशमा अहिले निषेधाज्ञाका बेलामा १७ अर्ब माथिको कारोबार भइरहेको छ । गतवर्ष ऋणात्मक बनेको कुल गार्हस्थ्य उत्पादन र यस वर्ष पनि पहिलो ९ महीनामा भएको रू. ११ खर्बको आयात र १ खर्ब ८ अर्बजतिको निर्यात तथा ३९ खर्ब हाराहारीको गतवर्षको अर्थतन्त्रलाई हेर्दा रू. ४० खर्ब ३३ अर्ब ७९ करोडमाथि बजार पूँजीकरण स्वाभाविक देखिएको छैन । पोहोर साल १३०० हाराहारीमा रहेको नेप्से २९०६ मा पुग्नु स्वाभाविक नहुन सक्छ, खोजी गरौं । शेयरबजार बढ्नु राम्रो कुरा हो । अमेरिकामा कुल जनसंख्याको ५० प्रतिशत जनताले शेयरबजारमा कारोबार गर्छन्, लगानी गर्छन् । त्यो देशमा शेयर कहिले अति माथि र कहिले तल आउनु अस्वभाविक मानिँदैन किनकि त्यहाँ सबै कुरा पद्धतिमा चलेको छ । कतैबाट कसैले सट्टेबाजीको चरम दुरुपयोग त गरिरहेको छैन भन्ने आशंका हुनासाथ त्यहाँ बैंकदेखि अन्यका निक्षेपको, लगानीकर्ताको बचत वा रकम झिक्ने क्रमको तुरुन्त छानविन गर्न सक्ने आधार छ । सम्पत्ति शुद्धीकरणबाट पैसा लागनी भएको छ कि, केही व्यक्तिहरू मिलेर शेयर पुलिंग गरिरहेका छन् कि सबैतिरबाट हेर्ने संयन्त्र तयार छ । ४ प्रतिशत जनता शेयरबजारमा रहेको भारत र १ प्रतिशतको हाराहारी जनता बजारमा रहेको नेपालमा सबैतिरको आर्थिक संयन्त्र हेर्ने प्रणाली कमजोर भएको कारणले कतै कृत्रिम रूपमा बजार आकाशिइरहेको त छैन भन्ने आशंका छ । नेपालमा अहिले सबै कारोबार कम्प्युटराइज छ, रकम राखे झिकेको अभिलेख राष्ट्र बैंकले हेर्न सक्छ । अन्तर बैकिङ ऋण लेनदेन कति भएको छ, बैंकहरूले निक्षेप कति प्रतिशत अनिवार्य तरल (एसएलआर) राख्नुपर्छ, कति प्रतिशत नगद (सीआरआर) को रूपमा राख्नुपर्छ र त्यो प्रतिशतको कति दिनमा अनुगमन गरिन्छ भन्ने पारदर्शी छैन । हुन्डीबाट आएको रकम सीधै बजारमा लगानी गर्न मिल्ने अवस्था छ कि छैन भन्ने पनि स्पष्ट छैन । यदि छ भने अनुगमन गर्नेले एकआपसमा बीचमा खेलेर बजारमा लगानी गर्ने अवस्था बन्छ कि बन्दैन । यी सबै कुरा सरोकारवालाले चौकिदारी गरौं । एक्कासी बजार माथि गएर सर्वसाधारण सोझा लागानीकर्ताको रकम फसिसकेपछि दुर्घटना नहोस् । देश १ महीनादेखि निषेधाज्ञामा छ । उत्पादनमूलक उद्योग, पर्यटन, मनोरञ्जन सबैतिर दर्दनाक अवस्था छ, मानिस खान नपाएर झुपडिमा मुन्टो लुकाएर बस्न बाध्य छ । यो अवस्थामा बजारमा १७ अर्बमाथि कारोबार कसरी भएको छ खोजी गरौं । सबै कुरा सकारात्मक र वैधानिक होला तर चौकिदारी त सरोकारवाला निकायबाट गरिन आवश्यक छ । यो कुनै अनुसन्धान पत्र होइन, त्यसैले गडबडीका कुनै सूचक र संकेत प्रस्तुत गर्न सकिएको छैन र बढ्ने सही कारणहरू यी यी हुन् भन्ने आधार पनि प्रस्तुत गर्न सकिएको छैन । तर, १ वर्ष अघिसम्म बढीमा ४ अर्ब लगानी हुने बजारमा १७ अर्ब २७ करोड माथिको रकम कहाँबाट आएको छ ? यो प्रश्न गम्भीर छ । यसै गरी लगानी कम्पनी, म्युचुअल फन्ड जसले बजारमा लगानी गर्छन् उनीहरूको संख्या गतवर्ष भन्दा कति बढेको छ । त्यो कारण पनि शेयरमा लगानी बढेको हुन सक्छ । नागरिक लगानी कोषले स्टक डिलर खोलेको छ । यसले पनि व्यापक लगानी गरेको छ । तैपनि राष्ट्र बैंक तथा अर्थ मन्त्रालयले कहाँबाट लगानी यसरी बढिरहेको छ खोज्नु आवश्यक छ । कम्पनीहरूको वित्तीय विश्लेषणको दृष्टिकोणबाट पनि कुनै कम्पनीको नाफा गतवर्षको तुलनामा अस्वाभाविक रूपले बढेको देखिँदैन । देशको आर्थिक धरातल पनि कोभिड, अस्थिरता त्रास आदिको कारणले घटेको छ । तर, नेप्से अस्वाभाविक रूपले बढेको छ । सरकार र धितोपत्र बोर्ड, मन्त्रालय सबैले एकपटक बजार बढाइमा र कारोबारको उछालमा प्राकृतिकता कति छ छानविन गर्न शुरू गरे राम्रो हुन्छ । अहिले शेयर धितो राखेर ऋण लिएर फेरि लगानी गर्नेको संख्या पनि बढिरहेको छ । त्यो पनि शेयर अत्यधिक बढ्नुको कारण हुन सक्छ । यो छानविनबाट मात्र थाहा हुने विषय हो । सन् १९९२ मा भारतको दोस्रो बजारमा शेयर किनबेच गर्ने बम्बे स्टक एक्सचेन्ज शेयर अस्वाभाविक रूपले बढेको थियो । बढाइ यस्तो अस्वाभाविक थियो जहाँ एसीसी सिमेन्ट कम्पनीको शेयरमूल्य रू. २०० भारूबाट ९००० भारूसम्म पुगेको थियो । यस्तै अन्य केही कम्पनीको पनि मूल्य बढेकोमा सबैभन्दा बढी यो कम्पनीको ४४०० प्रतिशत बढेको देखिएकाले यसको नाम लिइएको हो । अप्रिल १९९१ मा जुन कम्पनीको शेयर मूल्य २०० थियो मे १९९२ मा ९००० पुग्यो । त्यसैगरी अपोलो टायर, रिलायन्स कम्पनी, भोडाफोन आदिको पनि शेयर बढेको हो तर ती कुनै कम्पनीको नाफा, ईपीएस आदि केही पनि बढेको थिएन । नेपालमा पनि यस्तै नहोला भन्न सकिँदैन । त्यसैले अनुगमनमा रहेका प्रत्येक निकायले जे जसरी शेयरबजार बढेको छ, यसमा कुनै आर्थिक गडबडी छैन भन्ने विश्वास लगानीकर्तालाई दिन सके राम्रो हुनेछ । देशको राजनीतिमा पनि त्यस्तो कुनै आर्थिक वृद्धिको सम्भावना छैन, उत्पादनमा पनि कुनै चमत्कार देखिएको छैन । तर, आश्चर्यजनक रूपमा बजार बढेको मात्र छ । १ वर्षमा नेप्सेमा डेढ सय गुणा वृद्धि हुन आवश्यक पर्ने आर्थिक वातावरण नदेखिएकाले यस सम्बन्धमा खोजबिन हुन आवश्यक देखिएको हो । धेरै लगानीकर्ता अनलाइन कारोबारमा छन्, मोबाइल बैंकिङबाट पनि लेनदेन भए होला । बैंकका शाखाहरू जताततै बन्द भएर एटीएम नभएकाहरूले ऋण खोजेर व्यवहार चलाउनु परेको छ । तर, दैनिक अर्बाैं कारोबार हुनेगरी पैसा कहाँबाट आयो भन्ने शंका उब्जनु अन्यथा पनि होइन । कसैकसैले त कालो धन शेयरबजारमा आएको समेत भन्न थालेका छन् । त्यसैले सबै सरोकारवाला निकाय यसमा सावधान रहन आवश्यक छ । लेखक कैशलाकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।