सापटी लिएर सीआरआर, कुन शीर्षकमा कति सापटी ?

फागुन २६, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू अनिवार्य नगद मौज्दात (सीआरआर) राख्न राष्ट्र बैंकले दिने सापटीमा निर्भर हुन थालेका छन् ।  निक्षेप वृद्धि नभए पनि कर्जा प्रवाहमा आक्रामक भएपछि बैंकहरूले राष्ट्र बैंकले तोकेअनुसारको तरलता व्यवस्थापनका लागि कर्जा लगानीभन्दा बढी रकम सापटीका रूपमा चलाएका छन् ।  फागुन २३ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४६ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ । फागुन २५ गतेसम्ममा बैंकहरूले राष्ट्र बैंकबाट तरलता प्रवाह गर्ने मौद्रिक उपकरण स्थायी तरलता सुविधा (एसएलएफ), रिपो, ओभरनाइट रिपो र सीधै खरीद सुविधाबाट ४८ खर्ब ८० अर्ब रुपैयाँ सापटी चलाएका छन् । यसमध्ये बुधवार १ खर्ब ७० अर्ब ६३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमै छ ।  बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको ३ प्रतिशत रकम सीआरआरका रूपमा राष्ट्र बैंकको खातामै राख्नुपर्छ । अहिले बैंकहरूको कुल निक्षेपको आधारमा करीब डेढ खर्ब रुपैयाँ सीआरआरका रूपमा राख्नुपर्छ । बैंकहरूको निक्षेप वृद्धि नभएपछि राष्ट्र बैंकबाट सापटी लिएर तोकिएको सीआरआर राखेका हुन् ।  राष्ट्र बैंकका अनुसार बैंकहरूले चालू आवमा एसएलएफ सुविधाबाट ४४ खर्ब ४६ अर्ब ९ करोड रुपैयाँ चलाएका छन् । ७ दिन अवधिको यो सापटी चलाउँदा बैंकहरूले राष्ट्र बैंकलाई ७ प्रतिशत ब्याज तिर्नुपर्छ ।  राष्ट्र बैंकले पुस १२ गतेबाट एसएलएफको ब्याजदर ५ प्रतिशतबाट वृद्धि गरेको हो । ब्याजदर वृद्धि भए पनि एसएलएफलको प्रयोग घटेको छैन । ब्याज वृद्धिपछि पनि बैंकहरूले लिने एसएलएफ वृद्धि भइरहेको छ । बुधवार एकै दिन बैंकहरूले ६३ अर्ब ४१ करोड रुपैयाँ एसएलएफ लिएका छन् । यो हालसम्मकै उच्च हो ।  यसैगरी चालू आवमा बैंकहरूले रिपोमार्फत २ खर्ब ६० अर्ब, सोझै खरीदबाट ७५ अर्ब र ओभरनाइट रिपोबाट १ खर्ब १८ अर्ब ४३ करोड रुपैयाँ सापटी लिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  बैंक तथा वित्तीय संस्थाहरूलाई अप्ठ्यारो अवस्थामा चलाउने गरी मौद्रिक उपकरण राखिएको भए पनि त्यसलाई नियमित रूपमा प्रयोग गर्नुले बैंकहरूको अक्षमता देखिने राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।  ‘बैंकहरूलाई अप्ठ्यारो पर्दा तरलता कायम गर्न मौद्रिक उपकरणको व्यवस्था गरिएको हो,’ उनले भने, ‘तर, नियमित रूपमा राष्ट्र बैंकमै भर पर्नु बैंकहरूको कमजोरी हो ।’ बैकहरूले मौद्रिक उपकरणबाट हालसम्मकै धेरै सापटी उपभोग गरेको उनले बताए ।  नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय बैंकहरूले एसएलएफलगायत सुविधाबाट पाउने रकम बैंकहरूको आफ्नै पैसा भएकाले नियमअनुसार नै त्यसलाई सदुपयोग गरेको दाबी गर्छन् । बैंकहरूले सीआरआरमा राख्नुपर्ने रकममध्ये ७० प्रतिशत रकम दैनिक रूपमा राष्ट्र बैंकमै राख्नुपर्छ ।  यसैगरी वाणिज्य बैंकहरूले कुल स्वदेशी निक्षेपको १० प्रतिशत, विकास बैंकले ८ प्रतिशत र फाइनान्स कम्पनीहरूले ७ प्रतिशत वैधानिक तरलता अनुपात (एसएलआर) कायम गर्नुपर्छ ।   चालू आवको माघ मसान्तसम्ममा वाणिज्य बैंकहरूको निक्षेप १ खर्ब १० अर्ब रुपैयाँ विस्तार हुँदा कर्जा प्रवाह भने ४ खर्ब ३४ अर्ब रुपैयाँले बढेको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह बढी भएको र अधिकांश कर्जा आयातलगायत अनुत्पादक क्षेत्रमा प्रवाह हुँदा तरलताको अभाव हुँदै आएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । कुन शीर्षकमा कति सापटी ?  स्थायी तरलता सुविधा :    ४४ खर्ब ४६ अर्ब ९ करोड रिपो :                             २ खर्ब ६० अर्ब  ओभरनाइट रिपो :             १ खर्ब १८ अर्ब ४३ करोड सोझै खरीद :                    ७५ अर्ब

सम्बन्धित सामग्री

सञ्चय कोष

कमाउँदै जाँदाखर्चिदै जाँदाबच्छ र यहाँ कति ?समय बग्छभोलि आउँछकमाउने हात गल्छन्खुट्टा थरथराउन थाल्छन्मुटु कमजोर बन्छदेख्छन्अगाडि सिंगो भविष्य हुन्छपर परसम्म ।तर रत्तीभर पीर छैन उनलाईकिनकिहातमा पेन्सन पट्टा हुन्छअंश अंश गरी संकलितएकमुष्ठ मिल्ने सञ्चय कोष नि हुन्छमनमा सन्तुष्टि मिल्छआफू र आफ्नो सन्ततिको सुन्दर भविष्य हुन्छत्यसको सुनिश्चितता हुन्छआशा हुन्छभरोसा हुन्छदुःखको कमाइभित्र मीठो फल मिल्छबीचमा, याद आउँछपहिले जागिरमा छँदाबिरामी हुँदाकोषले खर्च बेहोरेकोशैक्षिक सापटी लिएर छोरी पढाएकोपछि, घर सापट

धेरै रहस्यमय खुलासा, जसले राजनीतिको नयाँ पाटोको उद्घाटन छिटै गर्न सक्नेछ…

पाप धुरीबाट कराउँछ भन्ने नेपाली उखान चरितार्थ हुँदैछ निलम्वित प्रधानन्यायाधीश सम्माननीय चोलेन्द्र समशेर राणाजीबाट । स्पष्टवक्ता हुनुहुँदो रहेछ राणाजी । जुन कुराको शंकामात्र गरिएको थियो,आज उहाँकै मुखबाट खुलासा गर्दै हुनुहुन्छ । नेपाली राजनीति र न्यायालयका बिचको सम्बन्ध । यदि निलम्वित सम्माननीय राणाजीकै शब्द सापटी लिएर भन्ने हो भने हाम्रो राजनीतिको पाटोभन्दा पनि न्यायालयको पाटो कति […]

सामुदायिक लघुवित्तको नाफा ६४.६७% बढ्यो, प्रतिशेयर आम्दानी कति ?

वैशाख २७, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा ६४ दशमलव ६७ प्रतिशत बढेको छ ।  गत आर्थिक वर्षको चैत मसान्तसम्ममा रू. १ करोड ७१ लाख रहेको कम्पनीको नाफा चालू आवको सोही अवधिमा बढेर रू. २ करोड ८१ लाख पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा १२९ दशमलव शून्य ७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. ४ करोड ३४ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा १ करोड ८९ लाख रूपैयाँ आर्जन गरको थियो ।  एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा ४२ दशमलव ५२ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ६ करोड ५० लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ९ करोड ४७ लाख रुपैयाँ कायम भएको छ ।   समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १० दशमलव २९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १२ दशमलव १६ प्रतिशत बढेको छ ।  कम्पनीको खराब कर्जा ४ दशमलव ७२ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी २८ दशमलव ४६, मूल्य आम्दानी अनुपात ४३ दशमलव २२ गुणा छ भने प्रतिशेयर नेटवर्थ १७१ दशमलव ८१ छ ।  हाल कम्पनीको चुक्तापूँजी १३ करोड २० लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी परिवर्तन भएको छैन । कम्पनीको सापटी ४ दशमलव ६७ प्रतिशत, निक्षेप संकलन १३ दशमलव ५७ प्रतिशत र कर्जा प्रवाह २० दशमलव ८२ प्रतिशत बढेको छ ।

सञ्चय कोषको घर सापटी कर्जाको ब्याज कति पर्छ ?

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरुलाई घर सापटी कर्जा दिन सुरु गरेको छ । सञ्चय कोषका सञ्चयकर्ताले घर कोषले दिने घर सापटी कर्जा लिन सक्ने छन् । कोषले यसरी दिने कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट पाईने घर कर्जाभन्दा सस्तो पनि छ ।कोषले २०७८ भदौदेखि ६० औं वाार्षिकोत्सवका अवसर पारेर सञ्चयकर्तालाई घर सापटी कर्जाको सुरु गरेको थियो । ब्याजदर कति ?कोषले घर सापटी र घर मर्मत सापटी कर्जा शीर्षकमा ऋण दिन्छ । यस्तो कर्जाको ब्याजदर ७.९० प्रतिशत छ । धितो मूल्यांकनमा नबढ्ने गरी बढीमा १ करोडसम्म कर्जा लिन सकिने कोषले जनाएको छ । १० वर्षभन्दा कम सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १२ वर्षको तलबमान र १० वर्षभन्दा बढी सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १५ वर्षको तलबमानलाई आधार बनाएर मूल्यांकन गरिन्छ ।कर्जाको अवधि कति ?यस्तो कर्जाको अवधि ग्रेस अवधिसहित अधिकतम २० वर्षसम्म हुने कोषले जनाएको छ । १ वर्ष नियमित कोष कट्टा गरेका र उमेर वा पदावधिको आधारमा २ वर्ष सेवा बाँकी रहेका सञ्चयकर्ताले घर सापटी पाउने व्यवस्था छ ।यस्तो कर्जा कोषले  कम्तीमा २ किस्ता र घर निर्माणको हकमा भने कार्य प्रगतिको आधारमा अधिकतम् ४ किस्तामा दिनेछ । पहिलो किस्ता ५० प्रतिशतसम्म हुनेछ । यदि घर किन्न हो भने सबै रकम एकमुष्ठ पाईनेछ ।घर बनाउन भने डिपीसी सकिएपछि मात्र कर्जा प्रवाह गर्नेछ । एउटै धितोमा खामेसम्म श्रीमान श्रीमति दुबैको तलबमानबाट सापटी लिन सकिने व्यवस्था पनि छ ।

दीपक मनाङेले सम्पत्ति विवरण सार्वजनिक गर्न सकेनन्, कहाँ–कति छ भन्नेमै ‘कन्फ्यूज’

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरूङ (दीपक मनाङे)ले सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ गरेका छन् । उनले आफ्नो सम्पत्ति कहाँ–कति छ भन्नेमा ‘कन्फ्यूज’ भएकाले सम्पत्ति विवरण सार्वजनिक गर्न नसकेको बताएका छन् । आइतबार एक कार्यक्रममा मनाङेले भने– सापटी दिएको पैसा फिर्ता भएको छैन, फिर्ता गर्ने हो कि होइन, अलिअलि भएको जग्गा पनि […]

कर्मचारी सञ्चय कोषले घटायो बचत र कर्जामा दिने ब्याजदर, अब कति ?

कर्मचारी सञ्चय कोषले बचत र कर्जामा दिने ब्याजदर घटाएको छ । सञ्चयकर्तालाई बचतमा दिने ब्याजदर  ६.५ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षमा ७ प्रतिशत ब्याजदर थियो ।   यस्तै सञ्चयकर्ताहरूका लागि विशेष सापटीमा ७.६० प्रतिशत र घरसापटी, घर मर्मत तथा सापटी र शैक्षिक सापटीमा ७.९० प्रतिशत ब्याजदर कायम गरेको छ । यस्तै सरल चक्रकर्जामा कोषले ८.०० प्रतिशत ब्याजदर कायम गरेको छ ।

ऋण खोजेर सपथमा गएका प्रदेश सांसदले कति पाउँछन् तलब ?

७ माघ, काठमाडौं । दैलेखबाट निर्वाचित एक प्रदेशसभा सदस्य शनिबार काठमाडौंमा एक शुभचिन्तकसँग सापटी माग्दै थिए । चुनावपछि काठमाडौं आएका उनी पैसा सकिएपछि सपथग्रहणका लागि सुर्खेत जान सापटी माग्नुपर्ने अवस्थामा पुगे । शुभचिन्तकले पनि अब उनको तलब भत्ता आकर्षक हुने भएकाले फिर्ता हुने आशामा मागेजति पैसा दिए । प्रदेशसभा सदस्यहरुले आइतबार सपथ …

ठगी गर्दै, बाउन्स चेक दिंँदै

काठमाडौं । आफैंले सापटी दिएको रकम उठाउन हरिबहादुर गिरी र रमेश दुलालले कति गोता खेप्नुपर्‍यो त्यसको कुनै हिसाब छैन । हरि र रमेशले ललितपुरको...