सामुदायिक लघुवित्तले यस वर्ष पनि लाभांश नदिने

सामुदायिक लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले वित्तीय विवरण पारित गरे स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । तर लाभांश भने प्रस्ताव गरेको छैन । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिमको अनुसूची र कर्जा नोक्सानी विवरण स्वीकृत गरी वार्षिक साधारण सभामा पेश गर्ने प्रयोजनार्थ प्रकाशित गर्न नेपाल राष्ट्र बैंक, लघुवित्त सुपरीवेक्षण विभागमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको हो ।  साथै आगामी वार्षिक साधारण सभावाट नगद लाभांश, वोनस शेयर तथा हकप्रद शेयर वितरण गरिने कुनै प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ। कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट पनि लाभांश दिएको थिएँन । 

सम्बन्धित सामग्री

जीवन विकास लघुवित्तले घटायो लाभांश

२१ फागुन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको लाभांश घटाएको छ । लघुवित्तले फागुन १९ गतेको बैठकबाट लाभांश संशोधन गरेको हो । यसअघि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको ३७.३६ प्रतिशत लाभांशलाई संशोधन गरेर ३३.१५ प्रतिशतमा झरिएको हो । संशोधित लाभांशअनुसार अब २६ प्रतिशत बोनस शेयर रहेको छ […]

समिट लघुवित्तले १४.२८ प्रतिशत लाभांश दिने

१६ फागुन, काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले १४.२८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । १५ फागुन बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १३.५६ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश […]

दुई लघुवित्तले घोषणा गरे लाभांश

उपकार र सिभिल लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । उपकार लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद गरी ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव […]

दुई लघुवित्तले घोषणा गरे लाभांश

काठमाडौँ,१२ माघ । दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । स्वाभिमान लघुवित्तले शेयरधनीलाई २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद गरी […]

मिथिला लघुवित्तले १५.७९ प्रतिशत लाभांश दिने

२९ पुस, काठमाडौं । मिथिला लघुवित्तले वित्तीय संस्थाले १५.७९ लाभांश दिने भएको छ । २८ पुस बिहिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १७ करोड ४ लाख ३७ हजार १७९ रुपैयाँको १५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर […]

छिमेक लघुवित्तले २५.२६ प्रतिशत लाभांश दिने

२८ पुस, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २५.२६ प्रतिशत लाभांश दिने भएको छ । २७ पुस बुधबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले हाल काय चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख को २२ प्रतिशतले हुने आउने ५१ करोड १३ […]

डिप्रोक्स लघुवित्तले २१.०५३ प्रतिशत लाभांश दिने

२६ पुस, काठमाडौं । डिप्रोक्स लघुवित्तले २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २५ पुस आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि समेत गरी ११.०५३ प्रतिशत नगद लाभांश […]

इन्फिनिटी लघुवित्तले २९.१५ प्रतिशत लाभांश दिने

इन्फिनिटी लघुवित्तले लाभांश घोषणा गरेको छ कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २७.७० प्रतिशत बोनस सेयर र बोसन सेयरमा लाग्ने कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद गरी २९.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको […]

२४ लघुवित्तले गरे लाभांश घोषणा महिला लघुवित्तको सबैभन्दा बढी

देशमा सञ्चालनमा रहेका ५६ लघु वित्तमध्ये हालसम्म २४ लघुवित्तले आव ०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । घोषणा भएकामध्ये महिला लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी लभांश घोषणा गरेको छ । महिला लघुवित्तले...

सबैको लघुवित्तले ३२.६८ प्रतिशत लाभांश दिने

सबैको लघुवित्तले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ३१.०५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १.६३ प्रतिशत गरी कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।लघुवित्तको […]