अनियमित तरिकाले ५० करोडको सरकारी जग्गा हडप्ने प्रयास विफल

अनियमित तरिकाले व्यक्तिका नाममा गरिएको ५० करोड मूल्य बराबरको सरकारी जग्गालाई पुनः सरकारकै नाममा फिर्ता ल्याइएको छ । बाँकेको खजुरा–४ को विष्णुकुमार थापा र रत्नाकुमारी थापाको नाममा अनियमित तरिकाले दर्ता गरिएको ५० करोड रुपियाँ बराबरको १७ बिघा जग्गा नेपाल सरकारको नाममा दर्ता गर्ने निर्णय गरिएको मालपोत कार्यालय, बाँकेले जानकारी दिएको छ । विभिन्न जालझेल गरेर ५० करोड मूल्यको सरकारी जग्गालाई थापा दम्पत्तीको नाममा गरिए पनि हाल आएर सो बारेमा छानबिन गरेर सरकारकै नाममा फिर्ता गरिएको मालपोत कार्यालय बाँकेका निमित्त प्रमुख अमर सेजुवालले जनाउनुभयो । उहाँले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गको निर्देशनमा सो जग्गा बारे छानबिन गर्दा सरकारी जग्गा रहेको पुष्टि भएपछि सरकारकै नाममा फिर्ता ल्याइएको बताउनुभयो ।

सम्बन्धित सामग्री

कांग्रेस नेताको दाइले अतिक्रमण गरेको जग्गामा महानगरको डोजर लागेन

काठमाडौं, १४ माघ । नेपाली कांग्रेस काठमाडौं १० का नेता मधुसुदन अधिकारीका दाइले अतिक्रमण गरेको सार्वजनिक जग्गामा काठमाडौं महानगरपालिकाको डोजर नलागेको पाइएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयसँगैको सरकारी जग्गा हडप्ने अधिकारीको कम्पाउण्डवालमा महानगरको डोजर नलागेपछि वडाका जनप्रतिनिधिहरुको भूमिकामाथि प्रश्न उठेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीसहितको टोलीले वडा कार्यालयसँगै […]

बालुवाटार जग्गा काण्डमा मुछिएका यी हुन् २८६ जना (नामसहित)

काठमाडौं :  बालुवाटारको सरकारी जग्गा हडप्ने कार्यमा संगठित रूपमा किर्ते गरेर राज्‍यलाई ठगी तथा हानि नोक्सानी पुर्‍याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। जसमध्ये पूर्वमन्त्री, कर्मचारी, व्यापारी, बिचौलिया आदि विभिन्न व्‍यक्तिहरूको नाम मुछिएको छ।बालुवाटारस्थित ललितानिवास क्याम्पभित्रको सरकारी जग्गा बिक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसअघि नै भ्रष

समरजंग कम्पनीकै ४ प्रमुख जग्गा हिनामिनामा संलग्न

ललितानिवास जग्गा अनियमितता प्रकरणमा उजुरी गर्ने सरकारी निकाय समरजंग कम्पनीका ४ जना प्रमुखहरू नै अनुसन्धानमा तानिएका छन् ।

सरकारी जग्गा हडप्ने गिरी पत्रकारमाथि अभद्र व्यवहार गरेपछि पक्राउ

अनामनगरको सरकारी जग्गा हडप्ने हरिप्रसाद गिरी पत्रकार सुनिल सापकोटामाथि अभद्र व्यवहार गरेपछि पक्राउ परेका छन् । उनलाई अहिले सिंहदरबार वृत्तमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।गिरीले बुधबार बिहान सवा...

सरकारी जग्गा हडप्ने एमाले नेता घिसिङ चुनावमा लड्ने तयारीमा

काठमाडौं, १८ भदौ । कोरोना भाइरस ( कोभिड-१९ )को संक्रमण र लकडाउनको मौका छोप्दै नेकपा (एमाले) नेता हेमराज घिसिङले सरकारी जग्गा हडपेको खुल्न आएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबीखोला करिडोर देवीनगरस्थित आधा रोपनी बढी जग्गा एमाले नेता हेमराज घिसिङ र भूमाफिया इन्द्र कुमार चाम्लिङले हडपेको खुल्न आएको हो । काठमाडौं महानगरपालिका वडा […]

बुटवलमा करोडौं मूल्यको सरकारी जग्गा बेच्ने प्रयास असफल

रुपन्देही । जनप्रतिनिधि र कर्मचारी मिलेर बेचिएको बुटवल उपमहानगरपालिका वडा नं १७ मा रहेको २२ कठ्ठा सरकारी जग्गा फिर्ता गरिने भएको छ । करोडौं मूल्य पर्ने यो जग्गा बिक्रीका लागि कागजपत्र मिलाएको खबर नेपाल प्रेसमा प्रकाशन भएपछि यहाँका राजनीतिक दल तथा स्थानीय खबरदारी गर्दै तत्काल रोक्न मालपोत कार्यालय पुगेका हुन् । उनीहरुले सरकारी जग्गा हडप्ने […]

सरकारले नै रोक्यो बालुवाटार जग्गा हिनामिना सम्बन्धि मुद्दा

काठमाडौं । सरकारले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हडप्ने तथा हडप्ने प्रक्रिया संलग्नहरु विरुद्ध मुद्दा दर्ता गर्न रोकेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्षको अनुसन्धानपछि तयार पारेको प्रतिवेदनलाई सरकारी वकिलको कार्यालयबाट पुनः सीआइबीमै फिर्ता पठाउन लगाएर सरकारले मुद्दा अघि बढाउन रोकेको हो । महान्यायाधीवक्ता खम्बहादुर खातीको निर्देशनमा सरकारी वकिलको […]

वनको ८२ बिघा जग्गा कब्जा गर्ने भूमाफियाको प्रयास असफल

२७ मंसिर, बुटवल । २६ वर्षदेखि व्यक्तिले दावी गर्दै आएको रुपन्देहीको शंकरनगर सामुदायिक वनको ८२ बिघा जग्गा अदालतले वनकै भएको फैसला गरेको छ । अदालतको फैसलाले सरकारी जग्गा हडप्ने भूमाफियाको प्रयास असफल भएको छ । तिलोत्तमा नगरपालिकाको शंकरनगर सामुदायिक वनको नाममा दर्ता भएको ५०३ हेक्टर क्षेत्रफलमध्ये ८२ बिघा १४ कठ्ठा १० धुर जग्गालाई भूमाफियाको एक […]