राजस्व संकलनले लक्ष्य भेटेन

काठमाडौं  । चालू आर्थिक वर्ष (आव) २०७८/७९ मा पूँजीगत खर्च बढाउन नसकेको सरकारले ६ महीनाको अवधिमा राजस्व संकलनसमेत लक्ष्यअनुसार संकलन गर्न सकेको छैन । सरकारले चालु आवका लागि ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ बराबर राजस्व संकलनको लक्ष्य राखेकोमा वार्षिक लक्ष्यको आधा प्रतिशतसमेत राजस्व उठ्न नसकेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाउँछ । पुस मसान्तसम्ममा सरकारले लक्ष्यको ४५ दशमलव ९१ प्रतिशतमात्रै अर्थात् ५ खर्ब ९१ अर्ब राजस्व उठाएको छ । यसमा कर राजस्वको अंश ४ खर्ब ९४ अर्ब १ करोड र गैरकर राजस्वको अंश ४८ अर्ब ६ करोड रुपैयाँ बराबर छ । आन्तरिक राजस्व विभागको प्रारम्भिक तथ्यांकअनुसार पुससम्ममा चालू आवको ६ महीनामा लक्ष्यको ९३ प्रतिशत मात्रै आन्तरिक राजस्व संकलन भएको छ । यो अवधिमा २ खर्ब ४१ अर्ब ७१ करोड रुपैयाँ कर असुल गर्ने लक्ष्य राखिएकामा २ खर्ब २५ अर्ब ४७ करोड रुपैयाँ मात्रै संकलन भएको छ । चालू आवको पुस महीनामा सबैभन्दा धेरै आयकरतर्फ १ खर्ब २० अर्ब ९७ करोड १६ लाख अर्थात् अर्धवार्षिक लक्ष्यको ९२ प्रतिशत बराबर असुली भएको छ । पुस मसान्तसम्ममा आन्तरिक राजस्वतर्फ २ खर्ब ४१ अर्ब ७१ करोड ४० लाख रुपैयाँ असुली गर्ने सरकारी लक्ष्य थियो । यस अवधिमा संकलन भएको मूल्य अभिवृद्धिकर (भ्याट) ५३ अर्ब ५२ करोड १९ लाख रुपैयाँ बराबर छ । यो रकम पुस मसान्तसम्मका लागि भ्याट संकलनमा राखिएको लक्ष्यको ८७ प्रतिशत बराबर हो । आयकर र भ्याट असुली लक्ष्यभन्दा कम रहेपछि यहीँ अवधिमा आन्तरिकतर्फको अन्तःशुल्क कर भने लक्ष्यअनुरूप नै उठेको विभागले जानकारी दिएको छ । हालसम्म अन्तःशुल्कबाट ७४ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ बराबर उठेको र यो असुली अन्तःशुल्कतर्फ राखेको अर्धवार्षिक लक्ष्यको शतप्रतिशत रहेको विभागले जनाएको छ । त्यस्तै, हालसम्ममा स्वास्थ्य सेवा करतर्फ २ अर्ब ९७ करोड अर्थात् हालसम्मको लक्ष्यको २०३ प्रतिशत र शिक्षा सेवाकरतर्फ २८ करोड २० लाख अर्थात् हालसम्मको लक्ष्यको ५६ प्रतिशत बराबर उठेको छ । आन्तरिक राजस्व विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलका अनुसार सरकारले बजेटमार्फत घोषणा गरेका सहुलियतका कार्यक्रमहरूका कारण केही शीर्षकमा लक्ष्य अनुसार कर उठ्न सकेको देखिँदैन, समग्रमा कर संकलन उत्साहजनक नै रहेको उनी बताउँछन् । राजस्व संकलनमा पूँजीगतसहित अन्य शीर्षकको बजेट खर्चको समेत भूमिका रहने भए पनि सोहीअनुसार खर्च भएको देखिँदैन । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार यो अवधिमा सरकारी खर्चको अवस्था कमजोर देखिएको छ । पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको ३१ प्रतिशत बराबर मात्रै खर्च भएको महालेखा नियन्त्रकले जानकारी दिएको छ । चालू आवका लागि १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ बराबर वार्षिक बजेट विनियोजन भएकोमा हालसम्म ५ खर्ब ६ अर्ब ६९ करोड रुपैयाँ बराबर खर्च भएको हो । यसमध्ये चालूतर्फ ३८ दशमलव १५ प्रतिशत अर्थात् ४ खर्ब ६ अर्ब ४१ करोड, पूँजीगततर्फ १३ दशमलव ४४ प्रतिशत अर्थात् ५० अर्ब ८० करोड र वित्तीय व्यवस्थापनतर्फ २६ दशमलव १२ प्रतिशत अर्थात् ४९ अर्ब ४७ करोड रुपैयाँ बराबर खर्च भएको देखिन्छ । कोभिडको नयाँ भेरियन्टलाई कारण देखाउँदै सरकारले व्यवसायमाथि प्रतिबन्ध लगाउने कार्य बढाएको छ । यसले गर्दा पनि खर्चसहित राजस्व संकलनमा प्रभाव पर्ने र आगामी दिनमा लक्ष्य भेट्न सरकारलाई थप चुनौती पर्नेछ ।

सम्बन्धित सामग्री

सात महिनामा ३९ प्रतिशत मात्र राजस्व संकलन

सरकारले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन।

आर्थिक मन्दीले राजस्व संकलन प्रभावित

आर्थिक मन्दीको प्रभाव राजस्व संकलनमा परेको छ । आर्थिक मन्दीको कारण व्यापार व्यवसाय संकटमा परेपछि राजस्व संकलन प्रभावित हुन थालेको हो । व्यापार घटेपछि व्यवसायीहरू बैंकको किस्ता र राजस्व बुझाउने अवस्थामा रहेका छैनन् । सोही कारण राजस्व संकलन निरासजनक देखिएको हो । आन्तरिक राजस्व कार्यालय जुम्लाका अनुसार राजस्व संकलन लक्ष्य अनुसार हुन सकेको छैन । […]

साउनमा ४४ करोड राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो एक महिना अर्थात साउनमा ४४ करोड ५३ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।कार्यालयको ४० करोड ४० लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेपनि साउनमा ११०.२२ प्रतिशत राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्माले बताए ।कार्यालयले लक्ष्य […]

लक्ष्यभन्दा बढी राजस्व संकलन

सिन्धुलिस्थित आन्तरिक राजस्व कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । कार्यालयले ३७ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ४८ करोड ३३ लाख ९१ हजार रुपैयाँ संकलन गरेको जनाएको छ । सो रकम लक्ष्य भन्दा १३१ प्रतिशतले बढी हो ।कार्यालयका प्रमुख भावना चौलागाईँका […]

जुम्लामा ४० करोड राजस्व संकलन

जुम्लामा गत आर्थिक वर्षमा लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा आन्तरिक राजस्व कार्यालय जुम्लाले लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन गरेको हो ।वार्षिक प्रतिवेदन अनुसार आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्य भन्दा […]

लक्ष्य गरिएकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले लक्ष्य गरेकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।  अर्थ मन्त्रालयका अनुसार सो अवधिमा सरकारले कूल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले ८ खर्ब ४३ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्षितमध्ये ९८.२७ प्रतिशत रकम संकलन गर्न सफल भएको अर्थले जनाएको हो । यसवर्ष संकलन भएको राजस्वमध्ये ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ कर राजस्व, ६१ अर्ब ४७ क

लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल

खोटाङ-करदाता सेवा कार्यालय खोटाङले चालु आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि पुस मसान्तसम्मको अवधिमा लक्ष्यभन्दा २८.१७ प्रतिशत कम राजस्व संकलन गरेको हो ।कार्यालयले राजस्व विभागबाट यस अवधिमा ७ करोड ५१ लाख ४२ हजार राजस्व संकलनको लक्ष्य पाएकोमा ५ करोड ३९ लाख ७४ हजार मात्र संकलन […]

रसुवा भन्सार : लक्ष्य भन्दा ५९ प्रतिशत बढी राजस्व संकलन

रसुवा – चालु आर्थिक वर्ष २०७८/७९ को असोज महिनामा रसुवा भन्सारले लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले असोज महिनामा ५९ करोड १६ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमा ९४ करोड १७ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यको तुलनामा ५९ दशमलव १७ प्रतिशत बढी हो । कार्यालयले यो वर्ष ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गएको तीन महिनामा वार्षिक लक्ष्यको २९ दशमलव ३७ प्रतिशत राजस्व उठेको छ । कार्यालयका अनुसार हालसम्म २ अर्ब ७५...

लक्ष्य अनुसार राजस्व संकलन भएन

कञ्चनपुर भन्सार कार्यालयमा लक्ष्य अनुसार राजस्व संकलन कमी भएको छ । बढ्दो कोरोना महामारीको प्रभावका कारण भन्सार कार्यालय कञ्चनपुरले लक्ष्य अनुसार राजस्व संकलनमा कमी भएको हो । भन्सार कार्यालयका सूचना अधिकारी प्रमानन्द जोशीका अनुसार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्नका लागि अग्रसर भएको भएपनि कोरोना महामारीका कारण लक्ष्य अनुसार राजस्व संकलनमा कमी आएको छ ।“विगतका वर्षमा […]