रसुवा भन्सार : लक्ष्य भन्दा ५९ प्रतिशत बढी राजस्व संकलन

रसुवा – चालु आर्थिक वर्ष २०७८/७९ को असोज महिनामा रसुवा भन्सारले लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले असोज महिनामा ५९ करोड १६ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमा ९४ करोड १७ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यको तुलनामा ५९ दशमलव १७ प्रतिशत बढी हो । कार्यालयले यो वर्ष ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गएको तीन महिनामा वार्षिक लक्ष्यको २९ दशमलव ३७ प्रतिशत राजस्व उठेको छ । कार्यालयका अनुसार हालसम्म २ अर्ब ७५...

सम्बन्धित सामग्री

रसुवा भन्सारः आयातबाट ४ अर्ब बढी राजस्व, निर्यात शून्य

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको ६ महिनामा वार्षिक लक्ष्यको ६३ दशमलव ७१ प्रतिशत राजस्व संकलन गरेको छ । ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा चालु आर्थिक वर्षको छ महिनामा ४ अर्ब ३४ करोड संकलन भइसकेको प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताउनुभयो । कार्यालयका अनुसार […]

रसुवागढी नाका : आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेबाट ४ अर्ब ३३ करोडभन्दा बढी राजस्व संकलन हुँदा निर्यात शून्य भएको छ । यो साउनदेखि पुस मसान्तसम्ममा रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्यांकनबाट प्राप्त राजस्वको आँकडा हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार ६ महीनाको अवधिमा ४ अर्ब ३३ करोड ४५ लाख ९ हजार संकलन भएको छ । कोभिड संक्रमणको शुरुआतपछि चिनियाँ पक्षले दैनिक नौओटा कन्टेनरमार्फत रसुवागढीको मितेरी पुलछेउमा सामान पुर्‍याउने गरेको छ । व्यापारी, व्यवसायी र निजी कम्पनीमार्फत आयात गरिएका सामग्रीमा लाग्ने शुल्कबापतको राजस्व असुली भएको हो । चीनतर्फ जाने निर्यात भने शून्य छ । दुई आर्थिक वर्षको राजस्व असुली तुलनात्मक रूपमा हेर्दा यस वर्ष झन्डै साढे दुई गुनाले बढेको छ । गतवर्षको यस अवधिमा १ अर्ब ७२ करोड २४ लाख २ हजार मात्र असुली भएको थियो । साना–ठूला सबै प्रकारका सवारीसाधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोशाक, जुत्ताचप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्रीजस्ता विविध सामग्री आयात भइरहेको भन्सार कार्यालय टिमुरेले बताएको छ । यस वर्षको वार्षिक असुली लक्ष्य भने ६ अर्ब ८१ करोड ११ लाख रहेको छ । सवारीसाधन बढी मात्रामा आयात हुन थालेसँगै राजस्वमा वृद्धि हुन थालेको हो । गतवर्षदेखि हालसम्म जुमक्रेन, टिपर, एम्बुलेन्स, माइक्रोबस, मिनीबस, जीप तथा कारसमेतका १ हजारभन्दा बढी सवारी आयात भइसकेको बताइएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सामान पल्टी गर्दा क्वारेटाइनमा राखिएका कामदार मात्र मितेरी पुलमा परिचालन गरिएको छ ।    सामान पल्टी गर्ने स्थल पूरै घेरावाल लगाइ पीपीई लगाएका चालक एवं कामदारका अलावा नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै भन्सार कर्मचारीले मात्र प्रवेश पाउने बताइएको छ । रासस

रसुवा भन्सारमा मंसिर महिनामा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व संकलन

रसुवा – रसुवा भन्सार कार्यालय टिमुरेले मंसिर महिनामा लक्ष्यको ८८.39 प्रतिशतभ राजस्व संकलन गरेको छ । भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार मंसिरमा ५४ करोड ७१ लाख १९ हजार राजस्व संकलनको लक्ष्य रहेकामा १ अर्ब ३ करोड ६ लाख ९७ हजार राजस्व संकलन भएको हो । जुन मंसिर महिनामा राखिएको लक्ष्यको तुलनामा ४८ करोड ३५ लाख […]

रसुवा भन्सारमा असोजमा लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन

रसुवा– रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनामा लक्ष्य भन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को असोज महिनामा राखेको लक्ष्यको ५९ दशमलब १७ प्रतिशत बढी राजस्व संकलन गरेको हो । रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीका अनुसार असोज महिनामा कार्यालयले ५९ करोड १६ लाख ७६ […]

रसुवा भन्सार कार्यालयले संकलन गर्‍याे लक्ष्यभन्दा ७७ प्रतिशत बढी राजस्व

रसुवा - रसुवा भन्सार कार्यालयले गएको पुस महिनामा लक्ष्यभन्दा ७७.०४ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार पुसमा महिनामा ४६ करोड ७८ लाख ९१ हजार लक्ष्य राखिएकोमा ८२ करोड ८३ लाख ५५ हजार राजस्व संकलन भएको हो ।  कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि पुस अन्तिमसम्ममा ७ अर्ब ३३ करोड ८९ लाख २९ हजार रुपैयाँ&n...