धनकुटा : धनकुटा नगरपालिका–९ मुलघाटबाट एक हजार रुपैयाँ दरका २८ हजार रुपैयाँ नक्कली नोटसहित एकजना पक्राउ परेका छन्। चेकजाँच गर्ने क्रममा सोमवार राति प्रहरीले नोटसहित धनकुटा–१ हिलेका एक युवालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। सबै नोटमा एउटै नम्बरका रहेको छन्।घटनाको अनुसन्धान भइरहेकाले प्रहरीले विस्तृत खुलाएको छैन। चेकजा“चका क्रममा एउटा गोजीबाट अर्कोमा हाल्ने क्रममा शंकास्पद लागेपछि प्रहरीले छानविन गर्दा नक्कली रहेको पुष्टि भएको जनाइएको हो। धनकुटामा नक्कली नोट बनाउने र कारोबारम