काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई आफ्नो संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र लागत सूची सार्वजनिक गर्न निर्देशन दिएको छ ।
कोरोना सङ्क्रमितको उपचारमा कतिपय अस्पतालले चर्को मूल्य लिएको विषयमा नागरिकको गुनासा आएको भन्दै स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति निकालेर आउँदो सात दिनभित्र संस्थाले दिने सेवाको प्रकार र लागत सूची सार्वजनिक गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले कतिपय अस्पतालले अक्सिजनको मूल्य चर्को लिएको, बिरामीलाई अनावश्यक परीक्षण गर्न लगाएको, उपच...