सरकारले कोरोना संक्रमण दर बढ्दै गएपछि स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने तयारी गरेको छ । त्यसकै पूर्वतयारीस्वरुप सरकारले ल्याएको कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले संक्रमण दर नियन्त्रण बाहिर जान लागेको अवस्थामा सरकार स्वास्थ्य संकटकाल घोषणा गरेर संक्रमण रोकथामको दिशामा अघि बढ्ने संकेत गरेका थिए । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १४ गतेदेखि किराना पसलहरु पनि खोल्न नपाइने गरी कडा