प्रतिनिधिसभा बैठकमा सांसदहरुले भने - मल आजै चाहियो, अहिल्यै चाहियो

मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा प्रतिनिधिसभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसदहरुले आवाज उठाएका छन् । प्रमुख प्रतिपक्ष दलका सांसदहरुले मलको आपूर्ति गर्न नसकेको भनी सरकारको आलोचना गरेको छ भने सत्ता गठबन्धन दलले मल आपूर्ति गर्नुपर्ने सवाल महत्वपूर्ण भएको तर विनियोजन विधेयकमाथि छलफल भइरहेका बेला त्यसलाई रोकेर उक्त प्रस्ताव ल्याउनु सान्दर्भिक नरहेको बताएका छन् । मल जस्तो अत्यावश्यक वस्तु आपूर्तिमा ख्याल ठट्टा गर्न नहुनेमा सांसदहरुको जोड छ । प्रतिनिधिसभाम

सम्बन्धित सामग्री

अर्थतन्त्र सुधारिएको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रासायनिक मलको अभाव हुन नदिने बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले आफूले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक रासायनिक मलको अभाव हटाएको भन्दै अब अभाव हुन नदिने दाबी गर्नुभयो । मल वितरणमा बेथिति रहेको भन्ने सांसदहरुले उठाएको जिज्ञासाप्रति आफ्नो ध्यानाकर्षण भएको […]

प्रतिनिधिसभा बैठक : किसानलाई समयमै मल उपलब्ध गराउन माग

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले गठबन्धन सरकारको भूमिका र स्वयं सदनको भूमिकाबारे प्रश्न गरेका छन्। आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा विभिन्न दलका सांसदहरुले गठबन्धनका नेताहरू भ्रष्टाचार विवादमा मुछिएको भन्दै जवाफदेहिता र पारदर्शिताको माग गरेका हुन्  ।  सांसदहरुले सरकारले जनअपेक्षाअनुसार काम नगर्दा उत्पन्न नैराश्यताप्रति गम्भीर हुन ध्यानाकर्षण गराए । सांसद पदम गिरीले संघीय संसद्बाट प्रभावकारी भूमिका निर्वाह […]

प्रतिनिधिसभा बैठक : नयाँ स्टक एक्सचेञ्ज किन ?

प्रतिनिधिसभा बैठकमा सांसदहरुले राष्ट्रिय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलबारको प्रतिनिधिसभा बैठकमा किसानले समयमा मल तथा बिल पाउन नसकेकोमा उहाँहरुले सरकारको ध्यानकर्षण गराउनुभयो ।

प्रतिनिधिसभा बैठक : किसानलाई चाँडो मल उपलब्ध गराउन सांसदको माग

प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । सांसद विमला विश्वकर्माले किसानले मल बीउ नपाएर सधैँ आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताइन् । सांसद विष्णु शर्माले सरकारले मङ्सिर पुसमा ठेक्का गर्नुपर्नेमा असारमा गर्दा सधैँ किसानले मल नपाएको बताए ।सांसद सत्यनारायण शर्मा खनालले अहिले पुरानो बीउ सकिएको र नयाँ बीउ देशभर पु¥याउन नसकिएको तथा मनसुन सुरु भएपछि खेत रोप्न मल नभएको बताए ।

प्रतिनिधिसभा बैठक : ‘किसानले भोगेको समस्या बुझिदेउ सरकार’

प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले बीउ, मल, पेट्रोलियम उत्पादनको मूल्य वृद्धि तथा किसानले भोग्नुपरेको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले जुन सरकारको समयमा पनि अत्यावश्यक सामग्रीको अभाव र चर्को मूल्यवृद्धि हुने गरेकाले यस्तो विषयमा आएको सार्वजनिक महत्वको प्रस्तावमा सबै दल एक ठाउँमा उभिनुपर्ने बताए । गौतमले किसानले भोगेको समस्या बुझिदिन सरकारसँग आग्रहसमेत गरे । यस्तै सदस्य गोमा देवकोटाले किसानले मल नपाएको, विद्यार्थीले पुस्तक नपाएकाले उनीहरुल

प्रतिनिधिसभा बैठक : मल उपलब्ध गराउन सबै उपाय अपनाउन सरकारलाई निर्देशन

प्रतिनिधिसभाले किसानका लागि मल उपलब्ध गराउनका लागि सम्भव सबै उपाय अपनाउन र अविलम्ब मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

आजको प्रतिनिधिसभा बैठक रोक्न एमालेको माग

३० जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको सोमबारको बैठक रोक्न माग गरेको छ । किसानले मल नपाएको विषयमा छलफल गर्न बजेटमाथिको छलफल स्थगन माग गर्दै संसदमा प्रस्ताव लगेको एमालेले उक्त प्रस्तावमाथि छलफल भएपछि स्थगित भएको बैठक पुन सञ्चालन गर्न खोज्दा रोक्न माग गरेको हो । एमालेको प्रस्तावमाथि सोमबार नै प्रतिनिधिसभामा २ घण्टा छलफल […]

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

सोमबारको प्रतिनिधिसभा बैठक केही घण्टा बसेर आधा घण्टाका लागि स्थगित भएको छ ।  सार्वजनिक महत्वको प्रस्तावमाथिको सांसदहरुले धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो । एमाले सांसद विशाल भट्टराई लगायतका १५ सांसदले बजेटमाथिको मन्त्रालयगत छलफल स्थगन गरेर मुख्य बाली धान खेती लगाउने बेलामा किसानले मल नपाएको भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । सोही प्रस्तावमाथि सांसदहरुले आआफ्ना धारणा राखिसकेपछि सभामुख अग्नि सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरेका ह