प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले बीउ, मल, पेट्रोलियम उत्पादनको मूल्य वृद्धि तथा किसानले भोग्नुपरेको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले जुन सरकारको समयमा पनि अत्यावश्यक सामग्रीको अभाव र चर्को मूल्यवृद्धि हुने गरेकाले यस्तो विषयमा आएको सार्वजनिक महत्वको प्रस्तावमा सबै दल एक ठाउँमा उभिनुपर्ने बताए । गौतमले किसानले भोगेको समस्या बुझिदिन सरकारसँग आग्रहसमेत गरे । यस्तै सदस्य गोमा देवकोटाले किसानले मल नपाएको, विद्यार्थीले पुस्तक नपाएकाले उनीहरुल