सोमबारको प्रतिनिधिसभा बैठक केही घण्टा बसेर आधा घण्टाका लागि स्थगित भएको छ । सार्वजनिक महत्वको प्रस्तावमाथिको सांसदहरुले धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो । एमाले सांसद विशाल भट्टराई लगायतका १५ सांसदले बजेटमाथिको मन्त्रालयगत छलफल स्थगन गरेर मुख्य बाली धान खेती लगाउने बेलामा किसानले मल नपाएको भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । सोही प्रस्तावमाथि सांसदहरुले आआफ्ना धारणा राखिसकेपछि सभामुख अग्नि सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरेका ह