लौरो चुनाव चिन्हको सम्बन्धमा प्रष्ट पारिदिन निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । हाम्रो नेपाल पार्टीले केहि समय अघि नै लौरो चुनाव चिन्ह आफ्नो भनेर आयोगमा दर्ता गरेपनि स्वतन्त्रहरूको साझा चिन्ह भन्दै प्रचार भएपछि आयोगसँग प्रष्टिकरणका लागि निवेदन दर्ता भएको हो । आइतबार निर्वाचन आयोगमा पुगेर काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उमेदवार विजय कँडेल र क्षेत्र नम्बर ९ का स्वतन्त्र उमेदवार सुनिल रिजालले संयुक्त रूपमा हाम्रो नेपाल पार्टीको लौरो चिन्ह बारेमा प्रष्टिकरण दिन निवेदन दर्ता गराएका हुन्