विसं २०४० मा कर्णाली नदीमा आएको बाढीका कारण कैलालीको दक्षिण पूर्वी क्षेत्रको जनजीवन निकै प्रभावित भयो । बाढीका कारण पूर्णरुपमा विस्थापित भएका नयाँ टीकापुर र भगरैंया गाउँका करिब तीनसय परिवारलाई तत्कालीन टीकापुर नगर विकास समितिले नयाँ ठाउँमा स्थानान्तरण गर्यो । नगरपालिकाको वडा नं ५ बाट वडा नं १ मा स्थानान्तरण भएका पनि ती बस्तीको नाम पुरानै कायम रहन गयो ।