मतदान गर्नका लागि तीन दिन पैदल हिँड्नुपर्ने हुम्लाको ताँजकोट गाउँपालिका–३ मासपुरमा मतदान केन्द्र तोकिएको छ । गाउँमै मतदान केन्द्र तोकिएपछि अब मतदान गर्न तीन दिन हिँड्नुपर्ने बाध्यता हटेको छ ।मासपुरको बानादेव प्राथमिक विद्यालयमा मतदान केन्द्र कायम गरिएको छ । गाउँमै मतदान केन्द्र राखिए मतदान गर्न सहज भएको स्थानीय ८२ वर्षीय दलवीर रोकायाले बताए । विसं २०७४ को निर्वाचनमा तीन दिन हिाडेर मतदान गर्न छप्रेला पुगेको रोकायाले अनुभव सुनाए ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभ