एजेन्सी। इन्टरनेट एन्ड मोबाइल एसोसिएसन अफ इन्डियाका अनुसार २०२५ सम्ममा भारतमा इन्टरनेट प्रयोगकर्ता ४५ प्रतिशत बढेर ९० करोड पुग्नेछन्। उक्त अवधिमा सहरमा भन्दा गाउँमा इन्टरनेट प्रयोगकर्ता अधिक हुने पनि एसोसिएसनको रिपोर्टमा उल्लेख छ। गत वर्ष भारतमा इन्टरनेट प्रयोगकर्ता ६२ करोड २० लाख थिए। भारतमा सहरमा भन्दा गाउँमा इन्टरनेट प्रयोगकर्ता तीव्र गतिमा बढिरहेका छन्।