काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २२७ जना कोरोना संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ४०१ जनामा गरिएको परीक्षणमा २२७ जना संक्रमित भेटिएका हुन्। यही समयमा १६८ जना संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर २ हजार ४७३ जना सक्रिय संक्रमित रहेका छन्।सक्रिय संक्रमितमध्ये हाल ३ जना भेन्टिलेटरमा‚ २२ जना आइसियुमा‚ १०३ जना संस्थागत आइसोलेशनमा र २ हजार ३७० जना होम आइसोलेशनमा रहेका छन्।