काठमाण्डौ – दशैँको नवमीदेखि पूर्णिमासम्म नै वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
आज र भोलि घाम लागे पनि पर्सी नवमीदेखि देशभर पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही ठाउँमा अति ठूलो वर्षाकोसमेत सम्भावना रहेको छ । विशेषगरी पश्चिमी क्षेत्रमा सबैभन्दा धेरै वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।
यो अवधिमा बाढी पहिरोको जोखिमसमेत रहेकाले सावधानी अपनाउन उहाँको सुझाव छ । अहिले बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उ...