चालूपूँजीको कर्जा सीमा २० % मा सीमित नगर्न केन्द्रीय बैंकलाई उद्योगीले गरे अनुरोध

पुस २७, विराटनगर । उत्पादनमूलक क्षेत्रमा चालूपूँजीको कर्जाको सीमा नतोक्न उद्योगीहरुले नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् । चालूपूँजी कर्जाको सीमा तोकिए उत्पादन उद्योगहरु धराशायी हुने भएकोले त्यस्तो सीमा तोकिन नहुनेतर्फ उद्योग संगठन मोरङले औपचारिक रुपमा नेपाल राष्ट्र बैंकलाई आग्रह समेत गरेको छ । चालू कर्जा नियन्त्रण गर्दा उत्पादन उद्योगहरुले कामै गर्न नसक्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै संगठनले उदाहरणसहित नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । चालूपूँजीको कर्जा सीमा २० प्रतिशतमा सीमित भएमा धेरै उत्पादनमूलक उद्योगहरु धराशयी हुने र वर्षभरिलाई पुग्ने कच्चा पदार्थ एकै पटक खरीद गरि भण्डारण गरिराख्ने प्रकृतिका उद्योगहरु सबैभन्दा मारमा पर्ने बताइएको छ ।  संगठनले भनेको छ ‘उत्पादनमूलक उद्योगका लागि चालूपूँजी कर्जामा नियन्त्रण गर्न हुँदैन र नियन्त्रण गरिएको खण्डमा सिजनको समयमा वर्षमा एकपटक कच्चा पदार्थ खरीद गरि भण्डारण गरि राख्ने प्रकृतिका उद्योगहरु (जस्तै : धान, मकै, गहू वा अन्य खाद्यान्नहरु कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योग) जसलाई एकै पटक चालूपूँजीको आवश्यकता पर्दछ त्यस्ता उद्योगहरु बन्द गर्नुपर्ने अवस्था आउँछ ।’ कच्चा पदार्थ आयत गर्नका लागि र आएको वस्तु प्रशोधन र बजारमा पठाउनका लागि कम्तिमा पनि ६ महिना समय लाग्ने भएकोले उद्योगहरुले चालुपुँजीको सीमा नतोक्न आग्रह गरेका हुन् । चालूपूँजी ६ महिनासम्म होल्ड हुने र बजारमा चालूपूँजीको अभाव हुने अवस्थामा यस्ता उद्योगहरु बन्द गर्नुको विकल्प नहुने संगठनको तर्क छ । उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै घरजग्गा, सेयर तथा व्यापारमा भएको कर्जा प्रवाहलाई नियन्त्रण गर्न खोजिएको भएपनि त्यसको असर उद्योगमा पर्नसक्ने तर्फ राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हो । नेपाल राष्ट्र बैंकले फर्म, संस्था वा कम्पनीलाई चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित कारोबारको २० प्रतिशतले हुन आउने रकम मात्र कर्जा उपलब्ध गराउने गरी कार्यविधि मस्यौदा तयार पारेको छ । संगठनले राष्ट्र बैंकले कर्जा उपयोगिताको विषयलाई सूक्ष्म निगरानी गरेर पूँजी पलायन गर्न र गराउन खोज्नेलाई नियन्त्रण गर्नुपर्ने पनि बताएको छ । अनुत्पादक क्षेत्रमा हुने लगानी नियन्त्रण गर्न खोज्दा उत्पादनमूलक उद्योगहरु मारमा पर्न नहुनेमा संगठनले ध्यानाकर्षण गराएको हो । उद्योगीहरुले अघिल्लो वर्षमा कच्चा पदार्थ, लजिस्टिक तथा फ्रेट सर्भिसका रुपमा प्रयोग भएको मालवस्तु र सेवाको मूल्य चालू आर्थिक वर्षमा वृद्धि हुँदा चालूपूँजीको वास्तविक आवश्यकता र सीमा निर्धारण बीचको अनुपात नमिलेको विषय पनि सुझावको रुपमा उठाएका छन् ।

सम्बन्धित सामग्री

लिमीको जाङ गाउँ पाँच परिवारमा सीमित

सिमकोट– हिमालपारिको गाउँको रुपमा चिनिँदै आएको नाम्खा गाउँपालिका– ६ को जाङ गाउँ पाँच परिवारमा सीमित हुँदै आएको छ। गाउँ अन्य स्थानीय गाउँ छाडेर काठमाडौंतर्फ लागेपछि गाउँमा सीमित परिवार बस्दै आएका हुन्। लिमी स्वास्थ्य चौकीका इञ्चार्ज गोर्ख भण्डारीले ४० भन्दा बढी घरधुरी रहेको लिमीको जाङ गाउँ हाल पाँच परिवारमा मात्र सीमित भएको बताए। अन्य घरपरिवार घरमा […]

बजेटका ३५ प्रतिशत योजना कागजमै सीमित

सरकारले बजेटमा घोषणा गरेका अधिंकाश योजना तथा कार्यक्रम घोषणामा मात्रै सीमित हुने गरेको पाइएको छ।...

पाठेघरको मुखको क्यान्सरविरुद्धको दोस्रो खोप पनि नमूनामै सीमित

सरकारले केही वर्षअघि चितवन र कास्कीमा सीमित संख्यामा एपिभीविरुद्ध खोप वितरण गरेको थियो। यसपालि पनि सीमित संख्यालाई मात्र यो खोप पुग्ने देखिन्छ।...

पाठेघरको मुखको क्यान्सरविरुद्धको दोस्रो खोप पनि नमूनामै सीमित

सरकारले केही वर्षअघि चितवन र कास्कीमा सीमित संख्यामा एपिभीविरुद्ध खोप वितरण गरेको थियो। यसपालि पनि सीमित संख्यालाई मात्र यो खोप पुग्ने देखिन्छ।...

घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित

जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरी मिलापत्रमा सीमित हुने गरेको छ। प्रहरी बाहेक जिल्लाको आठ वटै स्थानीय तहको न्यायिक समितिमा परेका उजुरी समेत मिलापत्रमै सीमित...

हुम्लामा एमाले आठ वडामा सीमित

सिमकोट – स्थानीय तह निर्वाचनमा नेकपा एमाले हुम्लामा आठ वटा वडामा सीमित भएको छ। जिल्लाका ४४ वडामध्ये एमाले आठ वडामा सीमित हुन पुगेको हो। निर्वाचन कार्यालयले जिल्लाभरि निर्वाचित भएका वडाध्यक्षहरुको विवरणमा एमाले सात वटा गाउँपालिकाका आठ वडामा मात्र वडाध्यक्षमा विजयी भएको तथ्यांक छ। एमालेले वडाध्यक्ष जितेका गाउँपालिकाहरुमा ताँजाकोटको ३ नम्बरमा राजेन्द्र बहादुर शाही रहेका छन्। […]

कालीगण्डकीको जलयातायात चाडपर्वमा सीमित

गुल्मी-तीन जिल्लाको संगमस्थल कालीगण्डकी नदीमा हुने जलयातायात पछिल्लो समय चाडपर्वमा मात्र सीमित भएको छ ।गुल्मीको कालीगण्डकी करिडोर किनार, पर्वतको कालीगण्डकी लोकमार्ग किनार र स्याङजाको आधीमुहानमा हुने जलयातायात पछिल्लो समय चाडपर्वमा मात्र सीमित भएको हो ।पछिल्लो समय निश्चित चाडपर्वमा मात्र पर्यकट घुम्न आउने शिला शालीग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलराज भट्टराईले बताए । “केही वर्ष पहिले […]

समय सीमित छ, गर्नुपर्ने काम धेरै छ : मन्त्री झाँक्री

काठमाण्डौ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताउनुभयो ।  मन्त्रालयमा आज शुक्रवार एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले एडीबीको सहयोगमा चालु योजना द्रुतगतिमा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने काम धेरै छन् । एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिट...

आन्तरिक उडान बन्द, भारतमा सातामा सीमित उडान हुने

कोरोना कहरका बीच भारतमा सातामा सीमित उडान हुने भएको छ । मन्त्रिपरिषद् बैठकले वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेपनि भारतमा भने सीमित उडान हुने भएको हो ।  एक मन्त्रीका अनुसार भारतमा कम्तीमा दुई उडान सातामा हुनेछ भने अरु देशमा हुनेछैन । यस्तै आज रातिदेखि आन्तरिक उडान पनि बन्द हुने भएका छन् ।