२२ जेठ, काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने अग्ला पुलहरु निर्माणको काम रोकेको छ । ठेकदार कम्पनीहरुले गरेको कामको पुनारावलाकन र समीक्षा गर्न भन्दै सेनाले सुरुङमार्गको दुवै प्याकेजको काम रोक्न निर्देशन दिएको थियो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवालका अनुसार निर्माण कम्पनीलाई नभएर निर्माणको काम मात्रै निलम्बन गरिएको […]