रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले प्राप्त जिम्मेवारी सदैव उच्च दक्षता एवं व्यावसायिकताका साथ सम्पन्न गरेको बताउनुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षण पछि आयोजित कार्यक्रममा उहाँले सेना विषय परिस्थितिमा नेपाली जनताको भरोसाको केन्द्रको रूपमा रही आएको बताउनुभयो । मन्त्री उप्रेतीले भन्नुभयो, “विपद्को समयमा जनताको सुरक्षाको लागि नेपाली सेनाले देखाएको व्यावसायिक क्षमता प्रदर्शन, वन्यजन्तु तथा …