काठमाण्डाै – प्रदेश १ को मुख्यमन्त्री बन्न नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको छ ।
९३ सदस्यीय प्रदेश सभामा ४७ जना सांसद भए बहुमत पुग्नेमा कार्कीले ६० जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको छ । कार्कीलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३,, राप्रपाका छ र जनता समाजवादी पार्टीका एक जना गरी ६० जनाले साथ दिएका छन् ।
प्रदेश सभामा कुनै पनि दलको बहुमत नपुगेपछि प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आज आइतवार बेलुका ...