देउवाले गरे थप १० केन्द्रीय सदस्य मनोनीत

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।पार्टी विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्य थप गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।मनोनीत सदस्यहरूमा किरण यादव, राधा घले, घना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी काेइराला, कल्याणी रिजाल, गाेमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकाेटालाई मनाेनीत गरेका हुन्।

सम्बन्धित सामग्री

मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्य मनोनीत

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा मिनेन्द्र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन्। देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ उपधारा १० बमोजिम रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरेका हुन्।  कांग्रेसको महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उठेका परिजाल पराजित भएका थिए। देउवा इतर प्यानलबाट चुनाव लडेकै कारण गएको प्रतिनिधि सभा निर्वाचनमा उनले टिकट समेत पाएनन्। आफ्नो प्यानलबाट महामन्त्री चुनाव लड्

कांग्रेसमा १० महिला केन्द्रीय सदस्य मनोनीत

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गर्नुभएकाे छ ।  देउवाले आज मङ्गलवार किरण यादव (महोत्तरी), राधा घले (काठमाण्डाै), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाण्डाै), गोमा भट्टराई (झापा), गङ्गा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) लाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो । सभापति देउवाले उहाँहरूलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य...

कांग्रेसमा १० महिला केन्द्रीय सदस्य मनोनीत

सभापति देउवाले उनीहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।...

कांग्रेसमा १० महिला केन्द्रीय सदस्य मनोनीत

काठमाडौँ,३१ साउन । नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज किरण यादव (महोत्तरी), राधा घले (काठमाडौँ), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मीणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौँ), गोमा भट्टराई (झापा), गङ्गा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) लाई […]

कांग्रेसको क्षेत्रीय प्रतिनिधिमै हारेका राजवंशीलाई एमालेले बनायो केन्द्रीय सदस्य

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीबाट एमालेमा प्रवेश गर्नेलाई केन्द्रीय सदस्य बनाएका छन्। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) त्यागेर आएकालाई ओलीले केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्। बिहीबारको एमाले सचिवालय बैठकले चार जनालाई केन्द्रीय सदस्य मनोनयन गरेको हो। थप जिम्मेवारी दिनेबारेमा जिल्ला कमिटीभन्दा माथिल्ला कमिटीले गरेको…

पार्टीमा कुनै असहजता छैन : केन्द्रीय सदस्य गच्छदार

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली काँग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा केन्द्रीय समितिमा केहीलाई मनोनीत गरिसकेको प्रसङ्ग उल्लेख गरे । उनले अधिवेशनको दौरानमा पार्टीका कार्यकर्ताबीचमा देखिने दूरी स्वभाविक भएको […]

दुईपटक गरी देउवाले गरे १३ केन्द्रीय सदस्य मनोनयन

दाधिकारीमा पराजित आठ अनुहार केन्द्रीय समितिमा समेटिए कांग्रेसको मनोनीत केन्द्रीय सदस्यमा १४औँ महाधिवेशनमा पराजितहरूले प्राथमिकता पाएका छन् । सभापति शेरबहादुर देउवाले शनिबार १० र आइतबार तीन गरी १३ केन्द्रीय सदस्य मनोनीत गरेका...

आफ्ना सहयोगीलाई धमाधम केन्द्रीय समितिमा मनोनीत गर्दै देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई सघाएकालाई एकलौटी रुपमा धमाधम केन्द्रीय सदस्यमा मनोनीत गर्न थालेका छन्। १४ औं महाधिवेशनमा आफूलाई जिताउन सघाएकालाई देउवाले धमाधम केन्द्रीय सदस्यमा मनोनीत थालेका हुन्। विधानको दफा २१(१०) बमोजिम पार्टी सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउँछन्। सोहीअनुसार देउवाले शनिवार १० जना र…

महाधिवेशनमा पराजित नेताहरु भटाभट कांग्रेस केन्द्रीय सदस्य मनोनीत

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा पराजित नेताहरुलाई भटाभट केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। सभापति देउवा आइतबार थप ३ जना महाधिवेशनमा पराजित नेताहरुलाई पार्टी केन्द्रीय सदस्य मनोनीत गरेका हुन्। उनले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्। कांग्रेसको विधान २०१७ (संशोधन सहित) […]

रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्यमा मनोनीत, अरु को को परे?

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारीका प्रत्यासी तथा वरिष्ठ नेतालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले नेताहरु रामचन्द्र पौडेलसहित पदाधिकारीमा उम्मेदवार रहेका नेताहरुलाई मनोनीत गरेका हुन्। देउवाले केन्द्रीय सदस्य मनोनीत गरेकामा पौडेल बाहेक सभापतिका प्रत्यासी द्वय प्रकाशमान सिंह र विमलेन्द्र निधि छन्। त्यसैगरी विजयकुमार…