प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा सरकारमाथि बजार अनुगमनको विषयमा प्रश्न गरेको छ । उपभोग्य वस्तु खाद्यान्न दाल, चामल, तेल पेट्रोलियम पदार्थको मूल्य आकासिएर उपभोक्ताको ढाँड सेक्दा समेत सरकार मौन रहेको प्रतिपक्षी दल एमालेले आरोप लगाएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले के हेरिरहेको छ ? भनेर प्रश्न गरे । ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बजारमा यावत् उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । मूल्य वृद्धिकै कारण आम सर्व