सोमबार दसैँ,तिहार,छठजस्ता महान पर्वलाई लक्षित गरी जिल्लाका बजार अनुगमन थालेको हो। जिल्ला प्रशासन कार्यालय कालिकोट,खाँडाचक्र नगरपालिका,घरेलु तथा साना उद्योग कार्यलय,उद्योग वाणिज्य संघ कालिकोटलगाएतले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन्।...
काठमाडौं– सरकारले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र पारेको छ । विभिन्न १३ वटा संयुक्त टोलीले अनुगमनलाई तीव्र पारेको हो । चाडपर्वमा दैनिक कारोबार बढ्ने हुँदा सरकारले हरेक वर्षको चाडपर्वमा संयुक्त बजार अनुगमन गर्ने गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायत विभिन्न निकायको संयुक्त टोलीले दैनिक ४० देखि ५० भन्दा बढी फर्म अनुगमन हुने […]
धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता अधिकार मञ्च कर कार्यालय घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि । तस्बिर : कारोबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरका उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक सुनिता डंगोलको नेतृत्वमा दशैँ/तिहार जस्ता पर्वको अवसरमा क्षेत्रगत अनुगमन सुरु भएको हो ।
सुलभ पसल, तरकारी, माछा/मासु पसल, दुग्ध पदार्थ तथा डिपार्टमेन्ट स्टोर, गोदामहरुमा अनुगमन गरिनेछ । अनुगमनमा उपमेयर डंगोलको नेतृत्वमा ३ समूह परिचालन भएको छ । संघ तथा प्रदेश कार्यालयबाट पनि अनुगमनमा सहभागीता रहनेछन् ।
काठमाडौँ,१० असोज । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर तनहुँका स्थानीय तहले बजार अनुगमनलाई तीव्र बनाएका छन् । दसैँ, तिहार, छठजस्ता महान् पर्वलाई लक्षित गरी जिल्लाका स्थानीय तहले बजार अनुगमन थालेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनले बजार अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । सोही अधिकारको प्रयोग गर्दै आफ्नो पालिकाभित्र स्थानीय तहले अनुगमन सुरु […]
६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित गरेर बजार अनुगमन गर्ने भएको छ । महानगरकी उपप्रमुख एवम् बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले क्षेत्रगत रुपमा अनुगमन गर्ने निर्णय गरेको छ । अनुगमनका क्रममा माछा-मासु पसल, डिपार्न्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादन, गोदाम, खसी बजार, तरकारी बजार […]
काठमाडौँ – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप जनशक्तिसहित असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ । हाल १० देखि १२ जनाको तीन टोलीले बजार अनुगमन गर्दै आएकोमा असोज पहिलो साताबाट थप जनशक्तिसहित अनुगमन गर्ने भएको हो । विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार चाडपर्व लक्षित बजार अनुगमनका लागि बजेट तथा जनशक्ति व्यवस्थापनका बारेमा […]
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप जनशक्तिसहित असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ । हाल १० देखि १२ जनाको तीन टोलीले बजार अनुगमन गर्दै आएकोमा असोज पहिलो साताबाट थप जनशक्तिसहित अनुमगन गर्ने भएको हो ।विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार चाडपर्व लक्षित बजार अनुगमनका लागि बजेट तथा जनशक्ति ब्यवस्थापनका बारेमा गृहकार्य भइरहेको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य विभागलाई नियमित चाडपर्व लक्षित बजार अनुगमनका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । सो रक
रुपन्देहीको बुटवलमा सरोकारवाला निकायले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेका छन् । कोभिडका कारण लामो समय रोकिएको बजार अनुगमन चाडपर्वको आगमनसँगै सुरु गरिएको हो । बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, ईलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गरिएको हो ।खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाइ, दुध, दुग्धजन्य उत्पादन, प्याकिङ गरी बिक्र
काठमाडौं । सरकारले आजदेखि चाडपर्वलाई लक्षित गरी संयुक्त रूपमा बजार अनुगमन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा हुने अनुगमनमा सबै नियमनकारी निकाय सामेल हुनेछन् । असोज १ गतेदेखि अनुगमन टोली खटाएकोमा आजदेखि चाडपर्व लक्षित अनुगमन गर्न लागेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो । अनुगमनमा जिल्ला प्रशासन […]
७ असोज, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा सबै नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन सुरु गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वलाई लक्षित गरेर आजबाट बजार अनुगमन सुरु गरिएको बताए । उनका अनुसार अनुगमन टोलीमा जिल्ला प्रशासन […]