दाङ- घाेराहीकाे फर्निचर उद्याेगमा आगलागी भएको छ। सहिद उमेश मार्ग राेडमा रहेकाा तीनवटा फर्निचर उद्याेगमा आगलागी भएको हाे। आगलागी हुँदा फर्निचर उद्योग पूर्ण रूपले जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ। न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीनवटा फर्निचर उद्योगमा आगलागी भएकाे प्रहरीले जानकारी दिएकाे छ। आगलागीबाट धेरै क्षति भएकाे अनुमान गरिएकाे छ। […]