घोराहीमा गएराति भएको आगलागीबाट साढे ६ करोडभन्दा बढी क्षति

दाङ – दाङको घोराहीमा गएराति भएको आगलागीमा साढे ६ करोडभन्दा बढी क्षति भएको छ । घटनाको प्रारम्भिक जानकारी अनुसार आगलागीबाट तीन फर्निचर उद्योग तथा शाे रुमहहरु जलेर खरानी भएको र त्यसबाट ६ करोड ६८ लाख बढीको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिका – १५ उमेश मार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा न्यु दाजुभाइ फर्निचर उद्योग, दाजुभाइ फर्निचर उद्योग, स्टार दाजुभाइ फर्निचर उद्योगका साथै ऊँ प्रकृति शो रुम जलेर पूर्ण रुपमा नष्ट भएका छन् । त...