पानीको विषयमा विवाद हुँदा रौतहटको मौलापुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । झडपमा डेढ दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । मौलापुर १ मर्यादपुरका भुवाली साह सोनार र हृदय नारायण यादव बीच आज बिहान वर्षाको पानीको निकासको विषयमा विवाद भएको थियो । सोही विवाद बढ्दै झडपमा परिणत भएको हो ।स्थानीय भुवाली साह सोनारले मान्य विवादमा विपक्षी हृदय नारायण यादवको पक्षमा मौलापुर १ मर्यादपुरका वडा अध्यक्ष रामप्रवेस यादव र उनका दर्जनौं मानिस बांँस