वडाध्यक्ष पक्राउ

बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो । पुनलाई आज अपराह्न ३ः०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । विसं २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उहाँविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । विसं २०७६ कात्तिक १२ गते खुंगामा

सम्बन्धित सामग्री

१४ वर्षीया बालिका बलात्कार प्रयास आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं– बलात्कार प्रयास आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष पक्राउ परेका छन् । कैलाश- ९ का वडाध्यक्ष भुवनसिं घलानलाई प्रहरीले पक्राउ गरेको हो । १४ वर्षीया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि घलानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हेटौंडाका घलानलाई शुक्रबार नै पक्राउ गरिएको हो […]

१४ वर्षिया बालिका बलात्कार प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कार प्रयासको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९का वडाध्यक्ष पक्राउ परेका छन्। जिल्लाको विकट कैलाशका वडाध्यक्ष भुवनसिं घलानविरुद्ध १४ वर्षिया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि...

चोरीको मोटरसाईकलसहित वडाध्यक्ष पक्राउ

सुर्खेत । जाजरकोटकाे नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका छन् । चोरीको मोटरसाइकलसहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ४ वैशाखमा जाजरकोट नलगाड-१ कल्पतस्थित सडकमा सवारीधनी कागजात नभएको लु५९प ०२१७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएकाे प्रहरीले मोटरसाइकल बरामद गरेकाे थियाे । […] The post चोरीको मोटरसाईकलसहित वडाध्यक्ष पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

कीर्ते गरेको आरोपमा भोटखोला-४ का वडाध्यक्ष पक्राउ

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष पक्राउ परेका छन्। कीर्ते गरेर जग्गा जालसाजीको आरोपमा भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको लालध्वज सुवेदीले जानकारी दिए।जग्गा जालसाजी गरेको आरोपमा प्रहरीले अन्य ६ जनालाई पनि पक्राउ गरेको छ। पक्राउ परेका वडाध्यक्ष भोटेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका अन्यको भने नाम खुलाइएको छैन। भोटेसहित ७ जनालाई जग्गा कीर्ते गरेको आरोप लागेको छ।भोटे एमालेबाट

ब्राउनसुगरसहित वडाध्यक्ष पक्राउ

५ माघ, दाङ । बाँकेको बैजनाथ गाउँपालिका-३ का अध्यक्ष रामचरण थारु ब्राउनसुगरसहित पक्राउ परेका छन् । वडाध्यक्ष थारु अन्य तीनजनासँग बसेर सेवन गरिरहेका अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रवीन्ऽ घिमिरेले जानकारी दिए । उनको साथबाट ३१० मिलीग्राम ब्राउनसुगरसमेत बरामद भएको प्रहरीले जनाएको छ । वडाध्यक्ष थारुले ब्राउनसुगर सेवनकर्ता हुन् भन्ने सूचनाका आधारमा […]

लागुऔषधसहित वडाध्यक्ष पक्राउ

प्रतिबन्धित लागुऔषधसहित वडा अध्यक्ष पक्राउ परेका छन्। सीमावर्ती भारतीय बजारवाट सरकारी नम्बर प्लेटको गाडीमा फर्किदै गर्दा सिरहाको माडर बजारमा चेकजाँचको क्रमम लागुऔषधसहित उनलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको...

महोत्तरीमा घूससहित वडाध्यक्ष पक्राउ

वीरगञ्ज- सेवाग्राहीको काम गरिदिएबापत घूस मागेको रकमसहित महोत्तरीको मटिहानी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूससहित मटिहानी नगरपालिका-५ का वडाध्यक्ष रामबहादुर महतोलाई पक्राउ गरेको हो। जन्म दर्ताको सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घूस माग गरेको सूचना एवं उजुरीको आधारमा बर्दिबासमा रहेको अख्तियारको कार्यालयबाट खटिएको टोलीले वडाध्यक्ष महतोसहित वडाका सहायक कम्प्युटर अपरेटर अव्दुल […]

हत्याको आरोपमा धनुषा सबैला–४ का वडाध्यक्ष पक्राउ

जनकपुरधाम : हत्या आरोपमा धनुषाका एक वडाध्यक्ष पक्राउ परेका छन्।सडक विस्तारका क्रममा भएको विवादमा सबैला नगरपालिका–४ का स्थानीय सुमित्रादेवी यादवको कुटपिट गरी हत्या गरेको आरोपमा वडा नम्बर ४ का अध्यक्ष कुशेश्वर ठाकुरलाई इलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो। उनलाई पथलाका नामले पनि चिनिन्छ।  धनुषाको सबैला नगरपालिका–४ मा ०७७ वैशाख २३ गते सडक विस्तारका क्रममा झडप हुँदा सुमित्रादेवीको हत्या आरोपमा वडाध्यक्ष ठाकुर पक्राउ परेका हुन्।सडक विस

हतियारसहित वडाध्यक्ष पक्राउ

कैलालीको कैलारी गाउँपालिका–९ का वडाध्यक्ष खेमराज चौधरीसहित दुई जना हतियारसहित पक्राउ परेका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मसुरियामा प्रहरी चेकजाँचका क्रममा सोमबार राति करिव १२ बजेतिर इजाजत विनाको हतियारसहित उनीहरुलाई पक्राउ गरिएको...

युवकलाई बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ

जाजरकोट– युवकलाई बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ परेका छन् । सामाजिक सञ्जालमा निक्कै भाइरल भएको एक भिडियोमा वडाध्यक्षले एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेको देखिएको छ । जनप्रतिनिधिको यो क्रुर व्यवहारको चौतर्फी विरोध भएपछि वडाध्यक्ष पक्राउ परेका हुन् । ती युवालाई कुटपिट गर्ने जनप्रतिनिधि जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली हुन् । स्थानीय युवकलाई […]