विभिन्न वित्तीय सुविधा प्रदान गर्न ग्यापु मार्केटप्लेसले माछापुच्छ्रे बैंकसँग गर्यो सम्झौता
ई–कमर्स कम्पनी ग्यापु मार्केटप्लेस प्राइभेट लिमिटेड र माछापुच्छ्रे बैंकबीच सम्झौता भएको छ । विभिन्न वित्तीय सुविधा प्रदान गर्न ग्यापु मार्केटप्लेसले माछापुच्छ्रे बैंकसँग सहकार्य गरेको बताएको हो ।
नेपाली ईकमर्स ग्यापु मार्केटप्लेसले 'टिकटक हिरोज् सिजन टु'का टिकटक क्रिएटरहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको छ ।
कार्यक्रममा टिकटकर नम्रता शर्मा विजेता बनिन् । १ हजार ८ सयभन्दा बढी टिकटकरहरूबाट नम्रता उत्कृष्ट बनेकी हुन् । उनले २ लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । यस्तै सोबर्स घिमिरे दोस्रो र सीमा शर्मा तेस्रो विजेता बने । उनीहरूले क्रमश: एक लाख र ५० हजार...
लकडाउनदेखि सुरु भएको नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमलाई बिजी होल्डिङले अक्वायर गरेको छ । ग्यापुले अहिले नेपाल भरि नै सामान डेलिभरी गर्दै आएको छ ।
ग्यापुले घरायसी सामाग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामाग्री देशैभरि डेलिभर गरिरहेको छ । वर्न इन लकडाउन रेज इन लकडाउन स्लोगन रहेको ग्यापुले मार्केटप्लेसले अहिले दैनिक ७ सयभन्दा बढी अर्डरहरु नेपालभर...
लकडाउनदेखि सुरु भएको नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमलाई बिजी होल्डिङले अक्वायर गरेको छ । ग्यापुले अहिले नेपाल भरि नै सामान डेलिभरी गर्दै आएको छ । ग्यापुले घरायसी सामाग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामाग्री देशैभरि डेलिभर गरिरहेको छ । वर्न इन लकडाउन रेज इन लकडाउन स्लोगन रहेको ग्यापुले मार्केटप्लेसले अहिले दैनिक ७ सयभन्दा बढी अर्डरहरु नेपालभर पुर्याइरहेको छ । ग्यापुलाई बिजी होल्डिङले अक्वायर गरेसँगै ग्यापुका संस्थापक एवं सिइओ ज्ञानेन्द्र खड्काले आफ्नो पद छोडेका छन् । साथै बिजी होल्डिङले ग्यापुका अपरेसन हेड सुजनी केसीलाई डेप्युटी सिइओको रुपमा नियुक्त गरेको छ ।ग्यापुले अहिले दशैंलाई लक्षित गर्दै विभिन्न सामान किन्दा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । ग्यापुको दशैं धमाका अफर असोज ३ देखि १० गतेसम्म चल्नेछ । यो योजनाअन्तर्गत ग्राहकहरुले घरायसी सामाग्री, कपडा, सौन्दर्य सामाग्री, बालबालिकाको खेलौना तथा कपडा र मोबाइल खरिद गर्दा भारी छुट पाउनेछन् । ग्राहकले सामान खरिद गर्दा फोन पे, आइएमइ पे, कनेक्ट आइपिएस, इ–सेवा, प्रभु पे र जुनसुकै बैकंको मोबाइल बैकिङबाट पनि ‘क्यु आर’ कोडमार्फत भुक्तानी गर्न सक्छन् । त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ ।हाल ग्यापुमा हजारबढी भेन्डर र चार लाख बढी प्रोडक्ट उपलब्ध छन् । स्थापनाको छोटो समयमै वेबसाईट र मोबाइल एपमार्फत ३ हजार पाँच सयभन्दा बढी भेन्डर्स र २ लाख १५ हजार भन्दा बढी ग्राहक दर्ता भइ सेवा लिइरहेका छन् ।
लोकप्रिय नेपाली इ–कमर्स ग्यापु मार्केट प्लेसमा अब वर्डलिंकका विभिन्न प्याकेजहरु उपलब्ध छन् । जस अन्तर्गत ग्राहकले ग्यापुको वेबसाइट वा एपमा गई सजिलै वर्डलिंकका विभिन्न प्याकेजहरु लिन सक्नेछन् ।
ग्यापु मार्केट, प्लेस प्रोडक्टको लागि मात्र नभइ सर्भिसको लागि पनि प्लाटफर्म हो भन्ने सुचना प्रयोगकर्तामा जाओस् भनेर उक्त सेवा सुरु गरिएको ग्यापुले जनाएको छ ।
ग्यापुमा सपिङ...
कोभिड कहरका कारण भएको पहिलो लकडाउनको विषम परिस्थितिमा उपभोक्तालाई भिडभाडमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै तरकारी, फलफूल, खाद्यान्न लगायत अत्यावश्यक बस्तुको नि:शुल्क होम डेलिभरी गर्दै सुरु भएको ग्यापु मार्केटप्लेस (gyapu.com) दुई बर्ष पूरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ ।
‘कोभिडको त्रसित माहोलमा यात्रा सुरु गर्नु पक्कै पनि सहज थिएन’ ग्यापुका संस्थापक तथा सिइओ...
नेपाली ई कमर्स कम्पनी ग्यापु मार्केट पेसले सन्चालन गरेको ‘ग्यापु टिकटक हिरोज’को टाइटल उपाधी बिपिन श्रेष्ठले प्राप्त गरेका छन् । प्रतियोगितामा शङ्कर खनाल दोश्रो र बिष्णु पाण्डे तेस्रो भएका छन्।प्रतियोगितामा बिजेताले एक लाख रुपैयाँ नगद, दोस्रो र तेस्रो हुनेले क्रमशः ५१ हजार र २६ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै उत्कृष्ट ५० भित्र पर्न सफल सहभागीहरुले भने विभन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरेको ग्यापुका अपरेसन हेड सुरजनी केसीले बताइन् ।सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै यस अवसरमा धेरै राम्रा राम्रा भिडियोहरू बनाएका थिए । सबैजनाले आ आफ्नै हिसाबको भिडियो बनाउने छुट दिइएको थियो । कार्यक्रममा करिब ५ हजार ६ सयले आफ्नो भिडियो मार्फत आवेदन दर्ता गरेका थिए ।यस अगाडी टप पच्चीस अन्तरगत बिक्रम फुयाल, शङ्कर खनाल, बिबश घिमिरे, शिव पौडेल, बिपिन श्रेष्ठ, निरज खड्का, बिष्णु पाण्डे, ललाना चिमरिया, डिमोन क्षेत्री, सौर्य भेटवाल, पवित्रा राई, अंशुल डाँगी, सिम्पल स्टार, बबि कुमाल, उषा नेपाल, फुडि गर्ल, ढुकुरे डन, आर्सद हुसेन, मन्दिप मिश्र, शयाना लुइँटेल, पूजा पाण्डे, हिमसागर ढकाल, इल्भिस क्षेत्री, विशाल श्रेष्ठ र श्रेया श्रेष्ठ छनौट भइ पोखराको कल्चर रिसोर्टमा क्लोज क्याम गरि ग्राण्ड फिनाले आयोजना गरिएको थियो ।ग्यापुको आधिकारीक टिकटक अकाउन्ट पोस्ट भएका मध्ये जसको भिडियोमा सबैभन्दा धेरै लाइक र भिउ भएको भिडियो अनुसार उत्कृष्ट छनौट गरेको बताइएको छ। यो कार्यक्रमको सफलता सँगै अर्को बर्ष कार्यक्रमको दोश्रो सिजन आयोजना हुने ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए।
नेपाली ई–कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट ५० सहभागीहरूको नाम सार्वजनिक भएको छ । करिब ५ हजार ६०० जना सहभागीबाट छानिएर ग्यापुले उत्कृष्ट ५० को नाम सार्वजनिक गरेको हो ।सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै यस अवसरमा विभिन्न भिडियोहरू बनाएका थिए । सबैजनाले आ–आफ्नै हिसाबको भिडियो बनाउने छुट दिइएको थियो । अब भने यस प्रतियोगितामा केही […]
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई फुडमाण्डुलगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी समान खरिद गर्दा क्यासब्याक उपलब्ध हुने भएको छ ।फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १० प्रतिशत वा पाँच सयसम्म क्यास ब्याक प्रदान गर्ने समझदारी भएको छ ।एनएमबि बैंकले हाल १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन […]
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई फुडमाण्डु लगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी समान खरीद गर्दा क्यासब्याक उपलब्ध गराउने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ । एनएमबि बैंकले ग्राहकहरूलाई घरमै बसी मनपर्ने खाना लगायत अन्य आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १०% वा रु. ५०० सम्म क्यास ब्याक प्रदान गर्ने जानकारी दिएको हो । बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक म