जाजरकोट : २१ वर्ष पहिले सर्वसाधारणको श्रमदानबाट निर्माण भएको भेरी नगरपालिका-५ साल्टकुरास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भवन जीर्ण भएको छ। सरोकारवाला निकायले भवनबारे ध्यान नदिँदा विद्यालय पढाउने थलोको रुपमा नभई धराप भएको स्थानीयवासी बताउँछन्।राजनीतिक खिचातानीका कारण विद्यालयको अवस्था नाजुक भएको स्थानीयवासीको पीडा छ। पाँचजना शिक्षक रहेको विद्यालयमा १५० जनाभन्दा बढी विद्यार्थी छन्। वर्षायाममा भवन भत्कने डरले खुला चौरमा पढनपाठन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर चन्द