काठमाडौं - जुम्लामा अनसनरत डा.गोविन्द केसी काठमाडौं नआए वार्ता टोली नै नबनाउने सरकारले नयाँ अडान लिएको छ ।
१२ दिनदेखि अनसनरत डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई हेलिकोप्टरमार्फत आज काठमाडौं ल्याउने सरकारको तयारी थियो ।
यसका लागि मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंहसहितको सरकारी टोलीले नेपाली सेनाक...