ग्लासगोमा जलवायु परिवर्तनसम्बन्धी सीओपी–२६ सम्मेलन आइतबारदेखि सुरु भइरहँदा विश्वका नेताहरूसामु मानवसिर्जित तापक्रम वृद्धिबाट हुने भयानक परिणामलाई नियन्त्रण गर्ने अन्तिम अवसर हुनेछ । विभिन्न अध्ययनले मानिससँग जलवायु परिवर्तनको विनाशकारी असरहरू सुरु हुन अब बढीमा ९ वर्षमात्र बाँकी रहेको र त्यसलाई नियन्त्रण गर्न असम्भव हुने बताइरहँदा एकीकृत वैश्विक कदमका लागि समय नै सबैभन्दा महत्त्वपूर्ण कडी रहेको छ ।‘मानवसिर्जित जलवायु परिवर्तनको असरहरू देखिन सुरु भएका छन् । समयसँगै यसलाई पुनः परिवर्तन