काठमाडौं : शान्ति स्थापनार्थ कंगोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोहीको आक्रमणमा परी मृत्यु भएको छ।आक्रमणबाट एक जना नेपाली सेनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ। ती सैनिकको परिचय खुलाइएको छैन। नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पनि मृत्यु भएको पुष्टि गर्दै केही बेरमा आधिकारिक जानकारी दिने बताए।अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि हिजो विद्रोही मिलिसियाले आक्रमण गरेका थिए। घाइते सैनिकको संयुक्त र