जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष)को संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरू भएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने, सरकारमा सम्मानजनक सहभागिता, मन्त्रालय बाँडफाँट, संसदीय दलको नेता चयनलगायतका अजेन्डामा छलफल केन्द्रित छ ।
बैठकमा २० सांसद सहभागी भएको नेता तथा सांसद इस्तियाक राईले जानकारी दिएका छन् ।
यसअघि उपेन्द्र पक्षसँग १२ सांसद थिए । अहिले महन्थ ठाकुर पक्षका ८ सांसद पनि उपेन्द्र पक्षमा आएको राईको दाबी छ ।