काँग्रेस संसदीय दलको बैठक : विश्वासको मत दिने सबैलाई धन्यवाद दिने निर्णय

संघीय संसद नयाँ बानेश्वरमा बसेको नेपाली काँग्रेसको संसदीय दलको बैठक सकिएको छ  । बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । बैठकले विश्वासको मत दिने नेकपा माओवादी केन्द्र, नेकपा एमालेका सांसदहरू, जनता समाजवादी पार्टी (उपेन्द्र यादव) पक्ष,  राष्ट्रिय जनमोर्चाका सांसदहरुलाई धन्यवाद दिने पनि निर्णय गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसद्मा विश्वासको मत लिँदैछन् । काँग्रेस सचेतक पुष्पा भुसालले आजको बैठकमा पार्टीका सबै सांसदहरुल

सम्बन्धित सामग्री

एमालेले बोलायो प्रदेश संसदीय दलको बैठक, समर्थन फिर्ता लिने तयारी

नेकपा एमाले मधेस प्रदेश संसदीय दलको बैठक बोलाएको छ। बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने/नदिने विषयमा छलफल हुने बताइएको छ।...

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुअघि नेपाली कांग्रेसलगायत सरकारलाई समर्थन नगरेका विभिन्न पार्टीले संसदीय दलको बैठक बोलाएका छन्। विश्वासको मत दिने–नदिनेबारे निर्णय गरिनसकेका कांग्रेस, नेकपा एकीकृत समाजवादी तथा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले बैठक बोलाएका हुन्। नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहान ९ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। शनिबार बसेको संसदीय दलको ब

प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने भन्ने विषयमा निर्णय नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।   प्रचण्डले प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुअघि कांग्रेसको  संसदीय दलको बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्ड हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गर्नु भएको थियो । देउवाले सकारात्मक प्रतिक्रिया दिनु भएको छ । तर, औपचारिक निर्णय भइसकेको छैन । कांग्रेसमा प्रचण्डलाई विश्वासको मत दिने र दिन हुँदैन भन्ने दुवै धार देखिएको छ । विश्वासक...

राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता बुद्धिमान तामाङले उक्त जानकारी दिए। उनले भने, ‘हाम्रो संसदीय दलको बैठक संसदीय दलका नेता पार्टी अध्यक्षको नेतृत्वमा बस्यो। सो बैठकमा […]

जसपाका १९ सांसदले देउवालाई विश्वासको मत दिने निर्णय

काठमाडौं : जनता समाजवादी पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। जनता समाजवादी पार्टीका संसदीय दलको बैठक दलका ज्येष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा बसेको थियो। बैठकमा उपस्थित पार्टीका १९ जना सांसदले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेका हुन्।    मिती २०७८।०४।०३ जनता समाजवादी…

देउवालाई विश्वासको मत दिने निर्णय गर्न शुरू भयो माओवादीको संसदीय दलको बैठक

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक शुरू भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेगरी संस्थागत निर्णय लिन संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक शुरू भएको हो । यद्यपि मतदानका लागि ह्वीप जारी गर्न भने नमिल्ने फैसला सर्वोच्चले गरिसकेको छ । मत दिने कि नदिने निर्णय लिन सांसदहरू स्वतन्त्र छन् । विश्वासको मत दिनेमा माओवादीमा खासै विमति रहेको छैन । सोही कारण सबै सांसदले मत दिने आंकलन गरिएको छ । प्रतिनिधि सभाको आजै बस्ने दोस्रो बैठकमा देउवाले विश्वासको मत लिने तयारी गरेका छन् ।

सुदूरपश्चिम प्रदेश : एमाले संसदीय दलको बैठक सुरु

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा ओली र नेपाल दुवै पक्षका सांसदहरु सहभागी छन् । मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिंदैछन् । एमालेको प्रदेश कमिटीले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिन प्रदेशसभा सदस्यलाई निर्देशन […]