काठमाण्डाै – राजनीतिकरूपमा नेपाली कांग्रेसको छत्रछायामा रहनुभयो तर जीवनभर उहाँ मार्क्सवादी अध्ययन, चिन्तन र मननमा रमाउनुभयो । उहाँ अर्थात् समाजवादी चिन्तक प्रदीप गिरि । आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन, नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका समाजवादी चिन्तक गिरिले सधैँ यसमा जोड दिँदै आउनुभयो । आर्थिक समृद्धिका लागि जीवित व्यक्तिलाई खुसी बनाउनुपर्ने धारणा विचार थियो उहाँको । वामपन्थी राजनीति गर्ने धेरै पार्टी र समूह भए पनि उहाँलाई धेरैले आफ्ना गुरुका रूपमा मानेको तथ्य कार्ल मार्क्सकाे द्विशतवार्ष...