प्रदीप गिरि (२००४/२०७९–०५–०४) एक असाधारण क्षमता भएका व्यक्ति थिए । काँग्रेस सधैँझैं सत्तामा रहे पनि उनी जुनसुकै सरकारको सदावहार विपक्षीजस्ता थिए । तर आफैमा एक सत्ता थिए, जुन सत्ता उनलाई उनको पार्टी र नेपाली जनतामार्फत् प्राप्त थिएन । उनको सत्ता आफ्नै बुताको आर्जन थियो, जुन ज्ञानको सत्ता थियो । ज्ञानको सत्ता त्यस्तो सत्ता हो, जसले सबैका अघिल्तिर आफूलाई शिखरमा राखेको हुन्छ । ‘नलेज इज पावर’ मिसेल फुकोले उसै भनेका होइनन् । जसलाई कसैले खोस्न र छेक्न सक्दैनथ्यो