काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड भारतको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कँदै हुनुहुन्छ। प्रधानमन्त्री प्रचण्ड नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । पदभार ग्रहण गरेपछिको प्रधानमन्त्री प्रचण्डको यो पहिलो भारत भ्रमण हो ।प्रधानमन्त्रीसँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, अर्थमन्त्री डा प्रकाश शरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्र...