प्रधानमन्त्री शेरबहादुर देउवाको २५ पुस आतइबारबाट हुने भनिएको भारत भ्रमण रद्द भएको छ । भारतको गुजरात सरकारले राज्यमा कोभिड–१९ को संक्रमण दर बढेको कारण भाइब्रेन्ट गुजरात लगानीकर्ता सम्मेलन स्थगित गरेको घोषणा गरेसँगै प्रधानमन्त्रीको भ्रमण रद्द भएको हो ।
उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेशमा हुने १०औं भाइब्रेन्ट गुजरात सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो । आइतबारदेखि प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्ने विषयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । सो भ्रमण दलमा २५ सदस्यीय टोली रहने उल्लेख भ...